यी हुन् सौर्य एयरलाइन्सकाे जहाजमा सवार यात्रुहरू (सूचिसहित)


काठमाडाैँ । सौर्य एयरलाइन्सको जहाजमा सवार चालक दलका सदस्यसहित १९ जनाको नाम सार्वजनिक भएको छ ।

काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन-एएमई जहाज आज ११ बजे दुर्घटना भएकाे थियाे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौँबाट पोखराका लागि प्राविधिक मर्मतको लागि उडान गर्दा विमान दुर्घटनामा परेको हो।

दुर्घटना स्थलबाट पाइलट मनिष शाक्यको जीवित उद्धार गरिएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । अहिले उद्दार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।

Skip This