सौर्य एयरलाइन्समा सवार १८ जनाको मृत्यु, पाइलट शाक्यको केएमसीमा उपचार हुँदै


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार १८ जना यात्रुको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ती जारी गर्दै विमानमा सवार १८ जना यात्रुको मृत्यु भएको जनाएको छ । प्राधिकरणका अनुसार विमानमा १९ यात्रु सवार थिए ।

घाइते भएका पाइलट मनिषरत्न शाक्यलाई उपचारका लागि अस्पताल पुर्याइएको विमानस्थल स्रोतले जनाएको छ ।

स्राेतकाअनुसार शाक्यकाे सिनामंगलस्थित काठमाडाैं मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेकाे छ ।

शाक्यलाई इमर्जेन्सीमा भर्ना गरिएको छ । हाल उनको स्वास्थ्य अवस्थाबारे भन्न सक्ने अवस्था नरहेको अस्पतालले जनाएको छ ।विहान ११ बजे पोखराको लागि उडेकोे सौर्य एयरलाइन्सको ९ एनएएमई जहाज विमानस्थलमै दुर्घटना भएको थियो ।

धावनमार्ग छोड्ने वित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनागस्त हुन पुगेको प्राधिकरको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।

Skip This