उद्धारकार्य सकिएसँगै विमानस्थल पुनः सञ्चालनमा


काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ ।

त्रिभुवन विमानस्थलका अनुसार दुर्घटनाग्रस्त जहाजको उद्धारकार्य सकिएसँगै विमानस्थलमा उडान र अवतरण सुरु भएको हो।

अहिले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सञ्चालन भइसकेका छन्। विमानस्थलका अनुसार दुर्घटनापछि विमान बंगलादेश र मलेसिया एयरलाइन्सको जहाज बाहेक अन्य जहाज डाइभर्ट गरिएको छैन ।

हिमालय एयरलाइन्स, बैंककबाट आएको थाई एयरवेज र दिल्लीबाट आएको भुटान एयरलाइन्सको जहाज अवतरण भएको विमानस्थलले जनाएको छ ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्यको ९एन–एएमई जहाज दुर्घटनामा परेको थियो ।

दुर्घटनामा जहाजमा सवार १९ जना मध्ये १८ जनाको मृत्यु भएको छ भने गम्भिर घाइते भएका पाइलट मनिष शाक्यको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।

Skip This