विहीबार तोलामा २४ सय रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौं । बिहीबार छापावाला सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन विहीबार १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन मूल्य प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छ।

यस्तै, विहीबार चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेर १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।