सर्पोट लघुवित्तको नाफा ७५ प्रतिशत बढ्यो


काडमाडौं । आर्थिक वर्ष २०८० ८१ मा सर्पोट लघुवित्त वित्तीय संस्थाले २ करोड ३८ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको छ । यो आर्थिक वर्ष २०७९ ८० को तुलनामा ७५.०२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ करोड ३६ लाख २२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत वर्षमा ८ करोड २९ लाख ९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १८१९ प्रतिशतले बढी हो । सञ्चालन नाफा पनि १९४.३८ प्रतिशत बढेर २ करोड ९७ लाख ९१ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी १० करोड ७६ लाख रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा भने ५ करोड ३३ लाख रुपैयाँ छ । कम्पनीको निक्षेप १५.१० प्रतिशतले बढ्दा कर्जा प्रवाह १४.१० प्रतिशतले बढेको छ ।

कम्पनीको अघिल्लो आर्थिक वर्षमा १.८३ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षमा घटेर १.६३ प्रतिशत कायम भएको छ। हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिए) २२.१६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४९.५५ रुपैयाँ रहेको छ ।

Skip This