अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति र सांसद किराँतीबीच बैठकमै सवालजवाफ


काठमाडाैँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समिति सभापति राजकिशोर यादव र नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीबिच भनाभन भएको छ ।

बिहीवारको समितिको बैठकमा सभापति यादवले सांसद किराँतीलाई बोल्न समय दिएका थिए । बैठकमा सांसद किराँतीले १२ मिनेट भन्दा बढी समय बोलिसकेपछि एमसीसीबारे धारणा राख्न थाले । सो विषयलाई रोकेर सभापति यादवले प्राविधिक कुराहरुमा जान आग्रह गरे । सभापतिको आग्रहपछि किराँतीले एजेण्डा धेरै राख्ने अनि बोल्न नदिने भन्दै आपत्ति जनाए ।

सभापति यादव र सांसद किराँतीबीच भएको सवालजवाफ जस्ताको त्यस्तैः

सुदन किराँतीः ….हुनतः सार्वभौम सत्ताको कुरा गर्दा हिजो एमसीसी पनि त्यसैअन्तर्गत गयो त हाम्रो देश । सडकमा रक्तपात भयो, राँके जुलुस भयो । देश आन्दोलित भयो । सार्वभौम सत्ता त्यति कमजोर छैन होला तर अहिले कसले हात हाल्ने कसले काम गर्ने परिस्थिति पनि त्यस्तै छ । …

सभापतिः मान्य ज्यु एक पटक समयको …

सुदन किराँतीः के गर्नु एजेण्डा राखिरहाल्नु भयो, एजेण्डामा त बोलिसकौँ न । 

सभापतिः टेक्निकल कुरा राखौँ 

सुदन किराँतीः टेक्निकल त म कसरी राखौँ, राजनीतिक मान्छे । 

सुदन किराँतीः राजनीतिक व्यक्ति म, टेक्निकल कुरा त, कुन चाहीँ जहाज कति घण्टा उडाएर त्यसको रिसाइक्लिङ कहिले हुन्छ ? म सक्दिन नि त । विषयमा नीति केन्द्रित भन्नु न सभापति ज्यु । कसरी टेक्निकल्ली, टेक्निकल्ली भन्नुहुन्छ । म त जान्दिन टेक्निकल्ली । म त पाइलट पनि परिनँ ।

सभापतिः यहाँ टेक्निकल विषयमा वहस हुने हो ।

सुदन किराँतीः राजनीतिक मान्छेले के गर्छ त ?

सभापतिः ठिक छ, यहाँ विषयमा केन्द्रित हौँ न । 

सुदन किराँतीः के मा गर्दैछु त म । 

सभापतिः तपाईं राजनीति …

सुदन किराँतीः सभापतिज्यु तपाईंले कसरी राख्नुभयो, राखेकै कुरामा म छलफल गरिरहेको छु । 

सभापतिः त्यही गरौँ न त । समय यहाँ कम छ । 

सुदन किराँतीः एजेण्डा किन राख्नुभएको त ?

सभापतिः कुरा राख्नु त भयो नि । विषयमा अलिकति केन्द्रित होउँ न । 

सुदन किराँतीः म विषय भन्दा कसरी बाहिर गएँ । तपाईंले पो बुझ्ने समस्या भयो त यो । 

सभापतिः मान्यज्यु तपाईं अलिकित हद पार गर्दै हुनुहुन्छ । तपाईंले यहाँ….

सुदन किराँतीः तपाईं यहाँ दोहोर संवाद गरेर नष्ट गर्ने, धेरै एजेण्डा राख्ने ।

सभापतिः तपाईं यहाँ …..

सुदन किराँतीः एजेण्डामा हामी बोल्न नपाउने ? के हो यो ?

सभापतिः तपाईंलाई…

सुदन किराँतीः तपाईं हठी की म हठी ?

सभापतिः म कुरै । 

सुदन किराँतीः फेरेर कुरा गर्नुहुन्छ । 

सभापतिः तपाईं समयलाई ध्यान दिनु ।

सुदन किराँतीः सभापतिज्यु कोर्डिनेशन गर्नुस् । 

सभापतिः होइन, समयलाई त ध्यान दिनु…

सुदन किराँतीः तपाईंले नयाँ मन्त्री छ त किन यति ४÷४ वटा गर्नुभयो त । 

सभापतिः किन गरिँदैन ।

सुदन किराँतीः मलाई बोल्न दिँदा किन तपाईं रोक्नुहुन्छ । 

सभापतिः विषयमा राख्नुस् न । 

सुदन किराँतीः यत्रो पढ्नै थियो, अझै मैले छोट्याउन खोजेको । 

सभापतिः विषयमा राख्नुस् न । 

सुदन किराँतीः म त छोट्याउँदैछु, विषय केन्द्रित नभए के हो यो । अरु माननीयजतिले त मैले बोलेकै छैन त । ठिक छ मन्त्रीज्यु म बोलिनँ । 

सुदन किराँतीः तपाईंको पनि ….टेप लाएर…

सभापतिः मान्य हरि उप्रेतीलाई ….

हरि उप्रेतीः कारण कसले पहिल्याउने ? थोत्रा प्लेनको, पाइटको, को पाइलटको कारण की, गुगलको कारण । यो विषय पहिला छुट्याउन जरुरी छ जस्तो लाग्छ मलाई । 

सुदन किराँतीः सभापतिज्यु म लागेँ । तपाईंले आज धम्क्याउन बोलाउनुभएको रहेछ, धन्यवाद । 

हरि उप्रेतीः कसैले पनि धम्क्याएको छैन, बसौँ मान्यज्यु । 

सुदन किराँतीः म बस्दिन । 

हरि उप्रेतीः यति गम्भीर विषय छ, देशको स्थिति । 

सुदन किराँती झर्किंदैः गम्भीर विषयमा त कुरा राख्न पाउनुप¥यो नि ।

हरि उप्रेतीः राख्नुभयो त । त त्यत्रो…

सुदन किराँतीः तपाईंले मलाई रुलिङ गर्ने की उहाँले गर्ने ? तपाईं फेरि रुलिङ गर्न थाल्ने ? 

सांसदहरुः बसौँ न मान्य ज्यु । 

हरि उप्रेतीः राम्रो विषय राख्नुभएको छ भन्दै छु त । 

सुदन किराँतीः एजेण्डामा कुरा गर्न नदिने भए किन एजेण्डा राख्नुभयो ।

सुदन किराँतीः म त छोट्याउँदै थिएँ । 

सभापतिः यसलाई कन्टिन्यु गरौँ । 

सुदन किराँतीः अरुलाई बोल्न भारी दिने, मलाई टेक्निकल कुरा गर् भन्ने । 

सभापतिः बसौँ बसौँ । 

सुदन किराँतीः म थोडी इन्जिनियर पढेको हो । म राजनीति गरेर आएको हो । 

सुदन किराँतीः तपाईं गर्नुस् टेक्निकल कुरा, छानबिन पनि तपाईं गर्नुस् ।

सुदन किराँतीः तपाईं दाइने झ¥यो की देब्रे झ¥यो हेर्नुस् । कस्तो बोल्नु दिनुहुन्न । 

सभापतिः हरि उप्रेतीज्यु बोल्नुस् । 
 
 
 
 

Skip This