सिटिजन्स बैंकका ग्राहकहरुले दूषित थानी हिमालयन रिसोर्टमा छुट पाउने


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काभ्रेपलान्चोकमा रहेको दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलबिच सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तार काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Skip This