नेप्से ३२ अंकले बढ्दा १४ अर्ब माथिको कारोबार


काठमाडौं । हिजो बुधबार दोहोरो अंकले घटेको सेयरबजार आज दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका सबै उपसमुहहरु बढेका छन् ।

बिहीबार सानिमा जिआईसी लघुवित्तको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३४ करोड १७ लाख ७९ हजार ९ सय ७२ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.६५ प्रतिशतले घटेको छ ।

कुल ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८ सय ६८ कित्ता कारोबार हुँदा १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

Skip This