आईकाओको रिपोर्ट एक हप्ताभित्र पर्यटन समितिमा पेश गर्न पर्यटन मन्त्रीलाई संसदीय समितिको निर्देशन


काठमाडाैँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र समितिमा पेश गर्न निर्देशन दिएको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समिति सभापति राजकिशोर यादवले मन्त्री पाण्डेलाई सन् २०२२ को रिपोर्ट एक हप्ताभित्र आईकाओको रिपोर्ट समितिमा पेस गर्न निर्देशन दिए ।

उनले समितिको अर्को बैठकमा मन्त्री उपस्थित हुँदा समितिले दिएका सम्पूर्ण निर्देशन लिखित रूपमा ल्याउन सभापति यादवले निर्देशन दिएका हुन् ।

उनले प्राधिकरण टुक्राउने विधेयक कहाँ कस्तो अवस्थामा रहेको हो ? सो बारेमा समितिलाई जानकारी उपलब्ध गराउन पनि निर्देशन दिए ।

कोरिया जाने नेपाली कामदारको आउजाउमा कोरियन एयरलाइन्सको विकल्प लगायतका विषयमा आगामी बैठकमा कार्ययोजनासहित उपस्थित हुन उनले मन्त्रीलाई निर्देशन दिएका छन् ।

उनले यति एयरलाइन्स दुर्घटनाको छानबिन रिपोर्ट अर्को बैठकमा उपलब्ध गराउन पनि निर्देशन दिएका छन् । ईयूको कालो सूचीबाट नेपाल नहट्नु पछाडिको कारण र त्यसमा क–कसको चलखेल भएको हो स्पष्ट तथ्य पेश गर्न समेत निर्देशन दिए ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र पसलहरु राख्ने दिएको सम्झौताहरु एक हप्ताभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएका छन् ।

Skip This