निर्माण व्यवसायीले लिएको सावाँब्याज मंसिर मसान्तसम्म तिर्न सक्ने


काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीले तिर्ने सावाँ तथा ब्याजको भुक्तानी अवधि थपिदिएको छ ।

शुक्रबार सार्वजनिक भएको आर्थिक वर्ष २०८१\८२ को मौद्रिक नीतिमा आगामी मंसिर मसान्तसम्म निर्माण व्यवसायीले बैंकलाई तिर्नुपर्ने सावाँ तथा ब्याज भुक्तानी गर्न सकिने व्यवस्था गरिएको हो ।

निर्माण व्यवसायीहरूको जमानतहरू दावी भई सृजना भएको कर्जामा आर्थिक वर्ष २०८१\८२ का लागि ऋण सृजना भएको मितिबाट अन्य कर्जा सरह कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्नेछ।

जोइन्ट भेन्चर (जेभी) मा संलग्न कुनै पनि जेभी पार्टनर कालोसूचीमा परेको कारण अन्य जेभी पार्टनरको बैंकिङ काम कारवाहीमा असर नपर्ने व्यवस्था मिलाइएको छ ।

नेपाल सरकारबाट निर्माण कार्यको म्याद नवीकरण भएमा बैंक तथा वित्तीय संस्थाबाट प्रदान भएको जमानत समेत नवीकरण हुनसक्ने व्यवस्था गर्ने गर्भनर महाप्रसाद अधिकारीले जानकारी दिए।

Skip This