सेयर धितो कर्जा : संस्थागत सीमा खारेज, व्यक्तिगत यथावत


काठमाडौं । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत सेयर बजारका संथागत लगानीकर्ताहरुका लागि सेयर धितो कर्जा विद्यमान सीमा खारेज गरेको छ ।

राष्ट्रबैंकले शुक्रबार (आज) सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१\८२को मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्तालाई लगाएको सेयरकर्जा सीमा खारेज गरिएको छ भने व्यक्तिगत सेयर धितो कर्जाको सीमा भने यथावत राखिएको छ ।

मौद्रिक नीति प्रस्तुत गर्दै गभर्नर महाप्रसाद अधिकारीले भने, “धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिसकेको छ ।”

“मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु।२० करोडको सीमा खारेज गरिनेछ”, माैद्रिक नीतिमा भनिएकाे छ ।

Skip This