मौद्रिक नीति सकारात्मक छ, निजी क्षेत्रको आत्मबल बढाउँछः अध्यक्ष ढकाल


काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रसप्रसाद ढकालले राष्ट्र बैंकले कर्जा बिस्तारलाई सहज बनाउने गरी सकारात्मक मौद्रिक नीति ल्याएको धारणा राखेका छन्।

शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१\०८२को मौद्रिक नीति सार्वजनिक गरेपश्चात न्युज एजेन्सी नेपालसँग प्रारम्भिक प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

उनले १२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा बिस्तार गर्ने लक्ष्य सकारात्मक रहेको बताए । उनले निर्माण व्यवसायीहरुको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको भन्दै मौद्रिक नीतिको स्वागत गरे ।

उनले बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म बनाउनु बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिने ऋणहरूको लागि सहजिकरण गर्नु राम्रो पक्ष भएको बताए । उनले विदेशी विनिमय सञ्चिति ७ महिनाको आयात धान्नसक्ने लक्ष्य राखेको बताए । उनले समग्रमा मौद्रिक नीति बैंकहरूको कर्जा बिस्तार गराउने र माग बढाउन सहयोग पुग्ने देखिएको बताए ।

अध्यक्ष ढकालले निजी क्षेत्रले उठाउँदै आएको चालु पुँजीकर्जा मार्ग निर्देशन परिमार्जन गरिने व्यवस्था गर्नु सकारात्मक पक्ष रहेको बताए ।

उनले शेयर बजारमा संस्थागत कर्जाको सीमा खारेजले लगानीको वातावरण बनेको बताए । उनले निर्माण क्षेत्रको समस्याले समग्र अर्थतन्त्रमा असर समाधान गर्न मौद्रिक नीतिले सहजिकरण गरेकाले केही हदसम्म भएपनि निजी क्षेत्रको आत्मबल बढ्ने विश्वास रहेको बताए ।

उनले मौद्रिक नीतिले महासंघले दिएका सुझावलाई थोरै भएपनि सम्बोधन गर्न खोजेको देखिएको उल्लेख गरे । उनले मौद्रिक नीतिमा व्यवस्था भएका व्यवस्थाहरू सर्कुलरमा त्यही अनुसार आउन आश्वयक रहेको बताए ।

उनले अस्थिर सरकार र नीतिको कारण निजी क्षेत्रको मनोबल कमजोर भएको भन्दै मौद्रिक नीतिले गरेका व्यवस्थाले थोरै मनोबल माथि उठ्न मद्दत पुग्ने धारणा राखे ।

Skip This