‘कर्जा बिस्तारलाई सहयोग पुग्नेगरी सन्तुलित मौद्रिक नीति आयो’


काठमाडाैँ। राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१\८२ को मौद्रिक नीति सन्तुलित आएको बैंकर्सहरूले बताएका छन् ।

नेपाल राष्ट्र बैंकले शुक्रवार ल्याएको चालु आर्थिक वर्ष २०८१\८२ को मौद्रिक नीति सार्वजनिक पश्चात सञ्चारकर्मीहरूसँग यस्तो प्रतिक्रिया दिएका हुन् । उनीहरूले अर्थतन्त्रको पछिल्लो अवस्थालाई आधार बनाएर राष्ट्र बैंकले सन्तुलित मौद्रिक नीति ल्याएको भन्दै स्वागत गरेका छन् ।

वित्तीय क्षेत्र सहजताको लागि बैंकहरुले आशा गरे जस्तो मौद्रिक नीति नपाए पनि समग्रमा सन्तुलित र सहज मौद्रिक नीति आएको बताए । उनीहरूले मौद्रिक नीतिले बैंकको कर्जा बिस्तारलाई सहयोग गरी अर्थतन्त्रलाई चलायमान बनाउन पनि योगदान गर्ने बताए । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले राष्ट्र बैंकको मौद्रिक नीतिमा व्यवस्था गरेका नयाँ नीतिहरूले बैंकहरूमा रहेको रकमलाई बजारमा पठाउन सहजता प्रदान गर्ने बताए ।

उनले मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज लगायत २ करोड रुपैयाँसम्मको कर्जा सीमालाई बढाएर २ करोड ५० लाख रुपैयाँ रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्थाले बैंकको कर्जा प्रावह वृद्धि हुने अपेक्षा रहेको बताए ।

नेपाल लघुवित्त बैंकर संघका अध्यक्ष रामबहादुर यादवले मौद्रिक नीति सन्तुलित आएको बताए । उनले मौद्रिक नीतिले कर्जा बिस्तारलाई सहयोग पु¥याउने संकेत गरेको बताए । उनले मौद्रिक नीति लघुवित्तका ग्राहकहरूलाई सहजिकरण गर्नेगरी आएको भन्दै स्वागत गरे ।

उहाँले परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई निश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्नसक्ने व्यवस्था गरिएको बताए । मौद्रिक नीतिले राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरूमा एनएफआरएस लागू गर्न आवश्यक व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

Skip This