परिस्थितीवश लघुवित्तका ऋण नतिरेका ऋणीहरुलाई कालोसूचीबाट हटाउन पाइने


काठमाडौँ । नेपाल राष्ट्र बैंकले परिस्थितीवश लघुवित्त वित्तीय संस्थाहरुको ऋण नतिर्ने ऋणीहरुलाई कर्जा सूचना केन्द्रको कालोसूचीबाट हटाउन सकिने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई एकिकृत निर्देशन जारी गर्दै परिस्थितिवश ऋण नतिर्ने ऋणीहरुलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरेको भएपनि संस्थालाई ऋणीले छोटो अवधिमा ऋण चुक्ता गर्छ भन्ने लागेमा हटाउने व्यवस्था गर्न सक्ने उल्लेख गरिएको छ ।

“लघुवित्त वित्तीय संस्थाले परिस्थितिवश ऋण नतिर्ने ऋणीहरुलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरेको भएतापनि यदि केही समय प्रदान गरेमा ऋणीले प्रयास गरी छोटो अवधिमा ऋण चुक्ता गर्छ भन्ने संस्थालाई लागेमा ६ महिनाको लागि कालोसूचीबाट हटाउने व्यवस्था गर्न सक्नेछ । तर, ६ महिनाभित्र ऋण चुक्ता नगरेमा अनिवार्य रुपमा कालोसूचीमा समावेश गर्न केन्द्रलाई सिफारिस गर्नुपर्नेछ,” परिपत्रमा उल्लेख गरिएकाे छ ।

यस्तै, राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाबाट ऋण लिई नतिर्ने ऋणीहरुलाई देहायबमोजिम वर्गीकरण गर्नुपर्ने जनाएको छ । नियतपूर्वक ऋण नतिर्ने र परिस्थितीवश ऋण नतिर्ने ऋणीहरु भनेर वर्गाीकरण गर्नुपर्ने छ ।

नियतपूर्वक ऋण नतिर्ने ऋणीहरुमा

क) भुक्तानीको भाखा नाघेको १ वर्षसम्म पनि संस्थाको सम्पर्कमा नआएका, ऋण नतिरी बेपत्ता भएका वा भागेका र भुक्तानीको प्रतिबद्धता जाहेर नगरेका,

ख) संस्थाको कर्जा बक्यौता राफसाफ गर्न धितो बिक्री गर्न सकिने अवस्था हुँदाहुँदै पनि बिक्री गर्न नखोज्ने वा नदिने अवस्था सिर्जना गरेका,

ग) आफूसँग भएको अन्य सम्पत्ति ऋण तिर्नमा प्रयोग नगरेका,

घ) संस्थाबाट जुन परियोजनाको लागि ऋण लिएको हो उक्त ऋण त्यसमा प्रयोग नगरी अन्य उद्देश्यमा प्रयोग गरेका ९म्ष्खभचकष्यल या ँगलम०, व्यवसायबाट आर्जित रकम ऋण तिर्नमा नलगाई अन्य कार्यमा प्रयोग गरेका ९क्ष्उजयलष्लन याा० तथा अन्य सम्पत्ति सिर्जना गरेका,

ङ) पारिवारिक आय, धितो वा व्यवसायको सन्दर्भमा जानीबुझी झुठो विवरण प्रदान गरेका,

च) ऋणसँग सम्बन्धित धितो हिनामिना गरेको पाईएका,

छ) ऋण प्रदान गर्ने संस्थाका कर्मचारीसँग÷लाई मिलीमतो गरी÷दुरुत्साहित गरी वा अन्य गैरकानुनी लेनदेन गरी ऋण लिएका र नतिर्नका लागि अवाञ्छित दबाब दिने गरेका,

ज) ऋणसँग सम्बन्धित धितो हिनामिना गरेको पाईएका ।

परिस्थितिवशः ऋण नतिर्ने ऋणीहरुमा

क) ऋण तिर्ने मनसाय हुँदाहुँदै पनि काबु बाहिरको परिस्थिति, असहज आर्थिक, व्यापारिक तथा औद्योगिक अवस्था वा प्रतिकुल आन्तरिक÷बाह्य अवस्था वा प्राकृतिक प्रकोपका कारण व्यवसाय वा पारिवारिक आयमा कमि आई वा समस्याग्रस्त बनी ऋण तिर्न नसकेका,

ख) बैंकको निरन्तर सम्पर्कमा रहि एकभन्दा बढी व्यवसायको श्रोतबाट आर्जित प्रतिफल तथा आफूसँग भएको अन्य सम्पत्ति÷धितो बिक्री गर्न पहल गरेका र यस्तो पहल पर्याप्त हुँदा समेत कर्जा तिर्न असमर्थ भएका

ग) नेपाल सरकारले ग्राहकको जायजेथा तथा व्यवसाय सञ्चालनमा रहेको स्थान अधिग्रहण गरेका ।