भूमिमन्त्री अधिकारीद्वारा ५५३ जनालाई लालपुर्जा वितरण


काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्षौदेखि बसोबास गरिरहेका तर लालपुर्जा प्राप्त गर्नबाट बञ्चित भएका रुपन्देहीका ५५३ जना स्थानीयबासीलाई लालपुर्जा वितरण गरेका छन् ।

मन्त्री अधिकारीले सोमवार रुपन्देही जिल्लाको सियारी गाँउपालिकाको वडा नम्बर ४ रहेका १९ वटा गाँउब्लकहरूको नापी नक्सा पुरा भएका ५५३ वटा लालपुर्जा वितरण गरेका हुन् ।

लालपुर्जा पाएपछि जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरू अत्यन्त खुसि भएका थिए । बषौंदेखि जग्गाधनी प्रमाण पुर्जा नहुँदा परेको पिडाबाट मुक्ती पाएको लालपुर्जा प्राप्त गरेपछि सहभागीले बताए । लालपुर्जा बितरण कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भूमि आयोग गठनको अन्तिम तयारीमा रहेको बताउँदै भूमिहिनको समस्या स्थायीरूपमा समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सरकारले पाँच लाख भूमिहिन सुकुम्वासीलाई लालपुर्जा बितरण गर्ने तयारी गरेको उनले जानकारी दिए । गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले मन्त्री अधिकारीका कारण लालपुर्जा वितरणमा सम्भव भएको बताए ।