संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति हरेक देशको प्राण तत्व भएको बताएका छन् ।
पाटन पर्यटन विकास संस्थाको २९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले संस्कृति हरेक देशको आत्मा र प्राण तत्व भएकाले आत्मा बिना बाँच्न नसकिने जिकिर गरे ।
उनले कुनैपनि समाजको आत्मा भनेको संस्कृति रहेको बताए। सरकारले असल संस्कृति बोकेर हिँड्ने उनले उल्लेख गरे । असल बाटो, सदाचार र शिष्टाचार भएको पनि बताउनु भयो । नेपालीले बोकेको संस्कृति जगाउनुपर्ने कर्तव्य रहेको उनले बताए ।
नेपालमा पर्यटनको सम्भावना उच्च रहेको उनकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्