राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउँदा राष्ट्रियता र संस्कृति झल्किने पहिरन लगाउन पाइने


काठमाडाैँ । राष्ट्रिय परिचयपत्रमा सर्वसाधारणले आफ्नो सांस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न पाउने भएका छन्।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सूचना जारी गर्दै फोटो खिच्दा सिन्दुर, टीका, राष्ट्रियता झल्किने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउँदा बाधा नपर्ने जनाएको हो।

राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन भन्दै विभागले सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र इकाइ रहेका सबै र राष्ट्रिय परिचयपत्र इकाइलाई पत्र काट्दै ४ बुँदे निर्देशनसमेत जारी गरेको हो।