ऐन निर्माणबाट संविधानको कार्यान्वयनमा बल पुग्छः उद्योगमन्त्री भण्डारी


काठमाडाैँ । उद्योग,वाािण्ज्य तथा आपूर्तिमन्त्री दामाेदर भण्डारीले समितिमा विचाराधिन विधेयकलाई संसदमा छिटो पठाउन सांसदहरूले चासो दिनुपर्ने बताएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा संशोधन कर्ता सदस्यहरूले उठाएका प्रश्नहरूबारे बोल्दै उनले यस्तो बताएका हुन्।

समितिमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रश्तावकर्ता सदस्यहरूसँग छलफल भएको थियो । बैठकमा बोल्दै मन्त्री भण्डारीले विधेयकहरू अन्य समितिमा पनि छलफल र संशोधनका क्रम जारी रहेको बताए। उनले संसदको गत अधिवेशनमा पास गर्नुपर्ने जति कानूनहरू पास हुन नसकेको भन्दै अहिले विशेष ध्यान दिनुपर्ने बताए ।

उनले समिति सदस्यहरूको चासो, सरोकार र प्राथमिकतामा विधेयकहरु पर्नुपर्ने भन्दै सरकारको तर्फबाट पनि संसदलाई बढी भन्दा बढी बिजनेस दिनुपर्ने आवश्यकता रहेको बताए । उनले कानून निर्माण संविधान कार्यान्वयनका लागि महत्वपूर्ण रहेको बताए । मन्त्री भण्डारीले प्रदेश वा स्थानीय तहमा संघीय संसदका कानूनहरू निर्माण भइसकेपछि मात्रै कानून लागू हुने र संघका आधारमा कानून निर्माण गर्ने हुँदा संघमा छिटो भन्दा छिटो कानून पारित गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कानून निर्माणसँगै कानूनका अभावले प्रभावित भएका थुप्रै कामहरूलाई डेलिभरी दिनसक्ने र सरकारलाई प्रभावकारी बनाउन सकिने बताए ।

Skip This