मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल उच्च बनाएको छः गभर्नर अधिकारी


काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले परिर्वतन गरेका व्यवस्थाले निजी क्षेत्रको मनोबल उच्च बनाएको बताएका छन्।

आईतवार लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एशोसियन (अडान) को १९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मौद्रिक नीतिको असरले उद्योगी व्यवसायी, बैंकर्स र सर्वसाधरणको गिरेको मानसिकता र मनोवल उठेको पाएको धारणा राखेका हुन्।

उनले मौद्रिक नीतिले गरेको लचिलो नीतिगत व्यवस्थाले उठेको मनोवललाई निरन्तर लैजान आवश्यक रहेको चर्चा गर्दै गिरेको मनोबल उच्च बनाउन निजी क्षेत्र, सरकारका सम्बन्ध निकायहरुको महत्वपूर्ण भुमिका रहने बताए।

मौद्रिक नीतिका व्यवस्थाहरु सबै आफैँले काम नगर्ने भन्दै सबैलको दायित्व रहेको उल्लेख गरे। यो वर्षको मौद्रिक नीति राष्ट्र बैंकले अन्तर्राष्ट्रिय परिवेश र आन्तरिक अवस्था सबैलाई केलाएर ल्याएको भनाइ गभर्नर अधिकारीको छ।

अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति गत वर्षको भन्दा लचिलो भएको भन्दै त्यसले बजारमा पार्ने असरका विषयमा राष्ट्र बैंक सर्तक रहेको बताए।

अधिकारीले भने, “मौद्रिक नीतिले व्यवस्था गरेको नीतिको असरबाट हामीले बजारमा उद्योगी व्यवसायी, बैंकर्स र सर्वसाधरणमा गिरेको मानशिकता र मनोवल उठेको पाएका छौं । त्यो उठेको मनोवललाई यसरी नै निरन्तर लैजानुछ । त्यसको लागि सबैको महत्वपूर्ण भुमिका हुनेछ । मौद्रिक नीतिका व्यवस्थाहरु सबै आफैँले काम गर्ने होइन । मौद्रिक नीतिले नीतिगत व्यवस्था गरिदिने मात्रै हो ।”

गभर्नर अधिकारीले मौद्रिक नीतिले बजारलाई चलायमान बनाउनको लागि उद्योगी व्यवसायीहरको मनोवल उच्च बनाएको भन्दै राज्यका सम्बन्ध निकायहरुले नीति अनुरुप कार्यान्वयन गर्न जरुरी रहेको बताए।

—न्युज एजेन्सी नेपाल