अर्थतन्त्रलाई चलायमान बनाउन नीतिगत र कानूनी सुधार अपरिहार्य छः अध्यक्ष अग्रवाल


काठमाडौँ। नेपाल उद्योग परिसंघका अध्यक्ष अध्यक्ष राजेश अग्रवालले मुलुकलाई समृद्धि तर्फ लैजान नीतिगत र कानूनी सुधार अपरिहार्य रहेको बताएका छन्।

आईतवार लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एशोसियन (अडान) को १९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मौद्रिक नीति र वित्त नीतिको सामाञ्जस्यताका साथ अगाडि बढ्ने निजी क्षेत्रले अपेक्षा लिएको बताए।

उनले ऋणात्मक रुपमा रहेको उत्पादन क्षेत्रलाई अगाडि बढाउन सहुलियत प्रदान गर्न आवश्यक रहेको धारणा राखे। मौद्रिक नीतिले चेक अनादरमा कालोसूचीमा नराख्ने व्यवस्था गर्नु निर्माण व्यवसायीहरुको लागि राम्रो देखिए पनि दीर्घकालिन भने असर पर्ने भनाइ उनको छ।

अग्रवालले चेक लिएर सामान बिक्री वितरण गरेका उद्योगी व्यवसायीहरु समस्यामा पर्ने र आगामी दिन निर्माण व्यवसायीहरुले चेक दिएर समान नपाउने अवस्था भएकाले सरकारले सोच्नुपर्ने भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराए।

अग्रवालले भने, “मौद्रिक नीति र वित्त नीतिको समाजस्यताका साथ अगाडि बढ्ने निजी क्षेत्रले अपेक्षा लिएको छ । यथपी ऋणात्मक रुपमा रहेको उत्पादन क्षेत्रलाई अगाडि बढाउन सहुलियत प्रदान गर्न आवश्यक छ ।”

उहाँले चुनौतिपूर्ण रहेको मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन बढ्दो व्यापारघाटा न्युनिकरण गर्न निर्यातमुलक उद्योगको प्रवद्र्धन र स्वदेशी उद्योगको संरक्षण अपरिहार्य भएको बताए।

—न्युज एजेन्सी नेपाल