गल्फ लुब्रिकेन्टको पार्टनर मिट कार्यक्रम सिमरामा सम्पन्न


काठमाडौँ । गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालै मात्र आफ्नो पार्टनर मिट सम्पन्न गरेको छ ।

सिमरामा सम्पन्न दुई दिने सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै पार्टनर र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता थियो।

देश कठिन समयमा गुज्रिरहेको र सम्पूर्ण बजार नै सुस्ताइ रहेको अवस्थामा अघिल्लो वर्षको समीक्षा गरी आगामी दिनको रोडम्याप बनाउन सो मिटमा गम्भीर छलफल भएको कम्पनीले जनाएको छ ।

कम्पनी, स्टेक होल्डर्स (पार्टनर, रिटेलर र प्राइभेट ग्यारेज मेकानिक्स) र ग्राहक बिचको सम्बन्ध अझै मजबुत बनाई प्रगति तर्फ अग्रसर हुनु पर्ने धारणा ब्यक्त भएको कम्पनीले जनाएको छ। कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न विधामा सर्वोत्कृष्ट पार्टनरहरुलाई सम्मान पनि गरिएको थियो।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ ।

गल्फ लुब्रिकेन्ट नेपालमा ३९ वर्षको गौरवमय यात्रा बोकेको, विश्व प्रख्यात र सबैभन्दा सार्वाधिक विक्री हुने ब्रान्ड भएको कम्पनीको भनाइ छ