काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक ४० अंकले बढेर २७९६.३८ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये ७ ओटा उपसमुह बढेका छन् भने बाँकी उपसमुह घटेका छन् ।
सोमबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । आजको दिन नेप्सेमा ८ ओटा कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
आज नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।
कुल ३२६ कम्पनीको ४ करोड ९७ लाख ७३ हजार ७ सय ३० कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २ सय ७७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्