नेप्से १४५ अंकले घट्यो, कारोबार रकम २३ अर्ब माथि


काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजार १४५ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक १४५.५ अंकले घटेर २६५१.३२ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुह घटेका छन् ।
मंगलबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ ।

कम्पनीको १ अर्ब ३९ करोड ७८ लाख ८० हजार ३८३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आजको दिन नेप्सेमा २ ओटा कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । मंगलबार थ्रि स्टार हाइड्रोपावर र कुथेली बुखुरी स्मल हाइड्रोपावरको सेयर क्रमश १० प्रतिशत र ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

मंगलबार ७ ओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

कुल ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर किनबेच हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।