नेप्सेमा १०८ अंकको उछाल, कारोबार १७ अर्बमाथि


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजारमा उछाल आएको छ । हिजो १४५ अंकले घटेको सेयरबजार आज १०८ अंकले बाउन्सव्याक भएको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार १०८.३५ अंकले बढेर २७५९.६७ अंकमा पुगेको छ । आज नेप्सेमा कारोबार भएका सबै उपसमहुमा हरियाली छाएको छ ।

आज पनि हिमालय रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १५ करोड ३५ लाख ३६ हजार ४७३ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा ९ ओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

आज १० प्रतिशत व्याजदरको सानिमा बैंक डिबेन्चर– २०८५का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । डिबेन्चरको मूल्य १० प्रतिशतले घटेको छ ।

कुल ३३० कम्पनीको ३ करोड ८० लाख ४१ हजार २ सय ६७ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६ सय २७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

Skip This