सैन्य अभ्यासको समयमा इरानी हवाई क्षेत्रबाट बच्न एयरलाइन्सलाई इजिप्टको निर्देशन


इजिप्टको नागरिक उड्डयन मन्त्रालयले देशको एयरलाइन्सलाई इरानी सैन्य अभ्यासको कारणले बिहीवार बिहान तीन घण्टा इरानी हवाई क्षेत्रबाट बाहिर निस्कन निर्देशन दिएको छ ।

प्रतिवन्धको उद्देश्य उड्डयन सुरक्षामा जोखिम कम गर्ने रहेको बताइएको छ । यो विकास मध्य पूर्वमा बढेको क्षेत्रीय तनावको बीचमा आएको हो । इरान र यसका सहयोगीहरूले तेहरानमा हमास पोलिटब्यूरो प्रमुख इस्माइल हनियाह र बेरुतमा हिजबुल्लाहका वरिष्ठ सैन्य कमाण्डर फौद शोकोरको हत्याको बदला लिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

इजरायलले शोकोरको हत्याको जिम्मेवारी लिएको छ तर हमास र इरानले इजरायललाई दोष लगाएको हनीहको हत्याको बारेमा टिप्पणी गरेको छैन । अप्रिलको मध्यमा इरानले महिनाको सुरुमा सिरियामा इरानी वाणिज्य दुतावासमा भएको आक्रमणको बदला लिन इजरायलमा सयौं ब्यालेस्टिक मिसाइल र ड्रोनहरू प्रहार ग¥यो । जसले दुई सैन्य कमाण्डरहरूसहित सात इरानीहरूलाई मारेको थियो। इजरायलले अधिकांश क्षेप्यास्त्र र ड्रोनलाई रोकेको रिपोर्ट गरेको छ ।