काठमाडौँ । कुमारी बैंक लिमिटेड र समाज डेन्टल प्रा.लि. बीच सम्झौता भएको छ । बानेश्वरमा रहेको समाज डेन्टलमा कुमारी बैंकका ग्राहक महानुभावहरुले हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले समाज डेन्टलका नयाँ वानेश्वर– काठमाण्डौं, जावलाखेल चोक–ललितपुर, राधेराधे–भक्तपुर, सनसिटी–पेप्सीकोला, बसुन्धरा चौकी– काठमाण्डौं, सितापाइला चोक–काठमाण्डौ, बौद्ध–जोरपाटी, कौशलटार–भक्तपुर, इमाडोल–ललितपुर, बनेपा– काभ्रे स्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।
कुमारी बैंकका ग्राहकहरुलाई उक्त सेवाकेन्द्रहरुमा रजिष्ट्रेसन शुल्क र चिकित्सक सल्लाह निशूल्करुपमा उपलब्ध हुने उल्लेख गरिएको छ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।
प्रतिक्रिया दिनुहोस्