टाटा ‘एक्सप्रेस टी’ ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा


काठमाडाैँ । टाटा मोटर्सको एक्सप्रेस टी विद्युतीय ट्याक्सीको फास्ट चार्जर सिन्धुपाल्चोकको खाडीचौरमा सञ्चालनमा आएको छ।

ग्राहकको सुविधालाई ध्यानमा राखी चार्जिङ स्टेसन थप गरिएको हो। ग्राहक सुविधाहरू थप तथा सेवा सञ्जाल विस्तार कार्य अन्तर्गत सेवालाई परिस्कृत पारिएको कम्पनीले जनाएको छ।

टाटा मोटर्सको एक्सप्रेस–टी विद्युतीय ट्याक्सी विभिन्न कारणले ग्राहक, यात्रु तथा सञ्चालकहरूले मन पराएका बताइएको छ।

नयाँ प्रविधिका साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठूलो गाडी, सामान राख्न पर्याप्त बुट स्पेसले गर्दा पनि यो विद्युतीय गाडी रोजाइमा परेको हो।

एक्सप्रेस–टी मा १ वर्षको गाडीको बिमा, ३ वर्षसम्मको निःशुल्क सर्भिसिङ, साथै १६०,००० किमि सम्मको ब्याट्री र मोटरमा वारेन्टीको सुविधाहरू रहेको छ।

खाडीचौरको साथै बालकुमारी, भक्तपुर, गोंगबु, कपनमा पनि एक्सप्रेस–टी को लागि फास्ट चार्जरको व्यवस्था रहेको छ। दुधौली कटारीमा पनि ट्याक्सीको लागि फास्ट चार्जर राख्ने प्रक्रिया सुरू भइसकेको छ।