सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा १४६ प्रतिशतले बढ्यो


काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८० ८१ मा १४६.०३ प्रतिशतले नाफा वृद्धि गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा ३९ करोड ६५ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०७९ ८० मा कम्पनीले १६ करोड ११ लाख ७३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ४१.४७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा कम्पनीले ३ अर्ब ११ करोड १८ लाख रुपैयाँ लगानी तथा कर्जाबाट हुने आम्दानी गरेको छ ।

यता, खुद बीमा शुल्क आर्जन ९ अर्ब १० करोड ५९ लाख ४८ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्ष २०७९ ८० को तुलनामा २७.४७ प्रतिशतले बढेको हो ।

कम्पनीको कुल आम्दानी ३०.१८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा कम्पनीले १२ अर्ब ६६ करोड २७ लाख रुपैयाँ कुल आम्दानी गरेको छ ।

कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ८.७२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३०.५६ रुपैयाँ रहेको छ।