काठमाडौं । आर्थिक वर्ष २०७९ ८० मा नेपाल लाइफ इन्स्योरेन्सको नाफा ३०.८१ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा ५१ करोड ३९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९ ८० मा कम्पनीले ३९ करोड २९ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको खुद बिमा शुल्क ४० अर्ब ११ करोड २ लाख ६ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९.८६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा लगानी तथा कर्जाबाट हुने आम्दानी १५ अर्ब २० करोड ३० लाख रुपैयाँ कायम भएको छ । यो आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा १८.९७ प्रतिशतले बढेको हो ।
कम्पनीको कुल आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा १२.३४ प्रतिशतले बढेको छ । कम्पनीको कुल आम्दानी ५९ अर्ब १७ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको भने रिटेन्ड अर्निङमा ५२ करोड ८४ लाख रुपैयाँ रहेको छ ।
यता, कम्पनीको प्रतिसेयर आम्दानी ६.२६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२९.११ रुपैयाँ रहेको कम्पनीको अपरिस्कृत वित्तीय विवरणले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्