काठमाडौँ । भदौ महिनाको लागि अधिकांश वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । भदौ महिनाको लागि १३ ओटा वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने ६ ओटाको ब्याजदर स्थिर र १ ओटा वाणिज्य बैंकले बढाएको छ ।
भदौ महिनाको लागि प्राइम कर्मशियल बैंकले ब्याजदर बढाएको छ । बैंकले साउन महिनामा ६.५० प्रतिशत ब्याजदर दिएको थियो भने भदौ महिनामा ६.७५ प्रतिशत दिने जनाएको छ ।
यस्तै, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, माछापुच्छ«े बैंक, स्ट्याण्डर्ड चार्टड बैंक र नबिल बैंकले साउनकै ब्याजदरलाई निरन्तरता दिएको छन् । बैंकहरुको ब्याजदर क्रमश ६.२५ प्रतिशत, ६.५ प्रतिशत, ६.७१ प्रतिशत, ७ प्रतिशत, ७ प्रतिशत र ७ प्रतिशत दिने उल्लेख गरेका छन् ।
यस्तै, नेपाल बैंकले ५.२५ प्रतिशत, कृषि विकास बैंकले ६.९६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ६.०७ प्रतिशत, प्रभु बैंक र एभरेष्ट बैंकले ६.१ प्रतिशत, सानिमा बैंकले ६.२ प्रतिशत, नेपाल एसबिआई बैंकले ६.२५ प्रतिशत, सिद्धार्थ बैंक, सिटिजन्स बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६.५ प्रतिशत, हिमालयन बैंकले ७ प्रतिशत, एनएमबी बैंकले ७.४१ प्रतिशत र एनआईसी एशिया बैंकले ७.४१ प्रतिशत ब्याजदर तोकेका छन् ।
प्रतिक्रिया दिनुहोस्