आइतबार घट्यो नेप्से, २८ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ३४.४७ अंकले घटेर २९६६.३३ अंकमा झरेको हो ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ९ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार कारोबार रकमको आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड अग्रस्थानमा रहेको छ ।

आजको दिन ४ ओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने १ ओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० अंकले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३३० कम्पनीको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता सेयर किनबेच हुँदा २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३७६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।