काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८० सालको साउन महिनाको तुलनामा यस वर्षको साउन महिनामा २०.१ प्रतिशत राजश्व वृद्धि भएको बताएका छन् ।
काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारको पहलकदमीका कारण केही सकारात्मक संकेतहरू सुरू भएको बताए । उनले पुँजीगत खर्च गत वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा ९ गुणाले वृद्धि भएको बताए।
उनले घरजग्गा कारोबार अहिले आम मानिसहरूमा चासोको विषय रहेको भन्दै घरजग्गा कारोबारमा रहेको शिथिलताको प्रभाव समग्र अर्थतन्त्रमा परिरहेको बताए । उनले घरजग्गा कारोबार गत वर्षको साउनको तुलनामा यस आर्थिक वर्षको साउन महिनामा ११ प्रतिशतले बढको दाबी गरे । उनले राजश्व ३२ प्रतिशतले वृद्धि भएको बताए ।
उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग निर्माण गर्ने प्रतिवद्धता मन्त्रालयले लिएको भन्दै अध्ययन गरेर अध्ययनका प्रतिवेदन दराजमा थन्क्याइ दराज सजाउने स्थिति नहुने बताए । विदेशी लगानीको लागि लचिलो बन्ने तर नेपाली पुँजी बाहिर जाने कुरामा होशियारी अपनाउन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्