सहकारी संस्थाहरूलाई अध्यावधिक विवरण बुझाउन काठमाडौँ महानगरको निर्देशन


काठमाडौँ । काठमाडौँ महानगरभित्र सहकारी अध्यावधिक गर्नलाई ९ वटा कागजात पेश गर्न पर्ने भएको छ ।

महानगरपालिकाले हिजो (आइतबार) महानगरपालिकाभित्रका सबै सहकारीलाई पत्राचार गर्दै सहकारीले कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यकम नीति तथा योजना, खुद बचत सम्बन्धि नीति तथा योजना, सञ्चालकको नाम तथा बाँकी कार्यावधिको सूची, साधारण सभाको बैठक सम्बन्धि जानकारी, सेयर सदस्य संख्या र सेयर पुँजी जस्ता विवरण पेस गर्नुपर्ने जनाएको छ ।

यस्तै कुल बचत तथा कर्जाको विवरण, सञ्चालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम र बचत फिर्ता माग गर्ने बचतकर्ताहरुको विवरण पनि पेस गर्नुपर्नेछ ।