दिपल एल०७ प्रिमियम इभी नाडा अटो शोमा सार्वजनिक हुँदै


काठमाडाैँ । चांगान नेपालले बहुप्रतिक्षित दिपल एल०७ प्रिमियम इभी सेडानलाई नाडा अटो शोमा सार्वजनिक गर्ने भएको छ।

सार्वजनिक भएको चार महिनामै दिपल एस०७ लाई फ्युचरिस्टिक डिजाइन र इभोभेटिम फिचरका कारण नेपाली ग्राहकले मन पराएका थिए। अब एल०७ ले एस०७ले स्थापित गरेको अटोमोबाइल प्रविधिको मापदण्डको सीमालाई अघि फैलाउने विश्वास चांगानको औपचारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले लिएको छ।

डिजाइनका हिसाबले एल०७ सेडानलाई एल०७ लाई जस्तै मास्टरपिस मान्न सकिन्छ। डिजाइनको हेरिटेज मानिने इटालीको टुरिनमा डिजाइन गरिएको यो इभीले डिजाइन क्षेत्रको ओस्कार भनेर चिनिने रेड डट अवार्ड २०२३ हासिल गरेको थियो।

फ्रेमलेस डोर र इलेक्ट्रिक हिडन डोर ह्यान्डल सिस्टमसहितको स्लिक एरोडाइनामिक प्रोफाइललाई अझ अब्बल बनाएको छ। पानोरामिक ग्लास रुफले सुन्दरतालाई मात्र बढाएको छैन ओपन र लक्जरियस अनुभव दिलाउने कम्पनीकाे दाबी छ ।

संगीत, फोन कल र फोटो खिच्ने लगायतका फंक्सनका लागि एस०७को ‘जेस्चर कन्ट्रोल’को माध्यमबाट हातको संकेतबाट कमान्ड लिन सक्छ। साथै यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ (एआर एचयुडी) रहेको छ जसले ‘रियल टाइम नेभिगेसन’ लगायत अन्य महत्त्वपूर्ण सूचना दिन्छ जसले ड्राइभिङलाई सुरक्षित बनाउने कम्पनीले जनाएकाे छ ।

दिपल एल०७ मा इभी डेडिकेटेड ‘इपीए१ प्ल्याटफर्म’ छ जसमा ९९ किलोवाट क्षमताको एल०७ मा ६६.८ किलोवाट आवरको ब्याट्री रहनेछ जसले सिंगल चार्जमा आकर्षक ५३० किलोमिटरको रेन्ज दिने कम्पनीकाे दाबी छ ।