नेपाल-भारत सम्बन्धमा भारतीय कर्मचारीतन्त्रले गर्दा मोदीले चाहेर पनि केही हुने अवस्था छैनः दीपकुमार उपाध्याय [अन्तर्वार्ता]

तपाईंहरूको हामीप्रतिको व्यवहार सार्वभौम नै भएन भनेर मैले भनेपछि भारतको परराष्ट्र मन्त्रालयमा होहल्ला भयो ।


दिवंगत सन्तनेता कृष्णप्रसाद भट्टराईसँग निकट मानिने काँग्रेस नेता दीपकुमार उपाध्याय पार्टीका तर्फबाट मन्त्री पनि बने ।भारतीय नेताहरूसँग किसुनजीकै पालामा बलियो सम्बन्ध बनाउनु भएका नेता उपाध्याय कालान्तरमा त्यो देशको राजदुतको भुमिकामा पनि पुगे। नेपालमाथिको नाकाबन्दीका समयमा आफ्नो जिम्मेवारीमा रहेका उनकै सक्रियता र राजनीतिक पहलपछि हट्यो भनिन्छ । मन्त्रीस्तरीय राजदुत रहेका नेता उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल सम्बन्ध र हीतबारेको कुरा उठाउँदा भारतले सुरक्षाकर्मी खोसेको सम्मको अनुभव छ ।

कपिलवस्तुबाट लामो समय सांसद हुँदै मन्त्री बनेका नेता उपाध्यायसँग सीमावासीले भोगेका समस्याको गहिरो ज्ञान छ, यो विषयलाई भारतमा जिम्मेवारीमा रहँदा प्रखर रूपमा उठाए । नेपालले भारतसँग प्रष्ट आफ्ना कुरा राखेर तमाम समस्या सुल्झाउनुपर्ने मान्यता राख्ने नेता उपाध्यायसँग भारतीय विदेश सचिव विक्रम मिस्रीको भ्रमणलगत्तै अनि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको भारत भ्रमणको बेला नेपाल-भारत सम्बन्धमा भारतीय कर्मचारीतन्त्रले गर्दा मोदीले चाहेर पनि केही हुने अवस्था छैन । पूर्वराजदूत दीपकुमार उपाध्यायका लागि न्युज एजेन्सी नेपालले गरेको कुराकानीः

भारतीय विदेशसचिव विक्रम मिश्री पदभार सम्हालेको केही दिनमै नेपाल भ्रमणमा आएर उच्चस्तरको भेटवार्ता सकेर फर्किनुभयो, विदेशमन्त्री आएसरह देखियो उहाँको भ्रमणको चहलपहल, पद सम्हालेलगत्तै यति हतारिएर नेपाल किन आउनुभयो होला ?

अहिलेको वैश्विक अवस्था बडो तरलतापूर्ण छ । भारतको पनि छिमेकीहरूसँगको सम्बन्ध तरंगहरु हामीले बुझेकै छौँ । यस्तो अवस्थामा भूटान, नेपालजस्ता छिमेकमा उनीहरू आउनु राष्ट्रिय हितका लागि जायज कुरा हो । किनभने सरकारले त एउटाले अर्कोसँग इन्गेजमेन्ट मन परे पनि नपरे पनि गर्नुपर्छ । यो कुटनीतिको रमाइलो पक्ष हो ।

पहिला पहिलाको अभ्यासमा अलि समय लाग्थ्यो, यसपाली (विदेश सचिव) बन्नासाथ नेपाल भ्रमण भएको देखियो, यसमा भारतले भन्न खोजेको केही अर्थ छ कि ?
अन्त जान सहज पनि त हुनुप¥यो नि । भूटान र नेपालमा सरल बुझेर आए । यसलाई अन्यथा लिन हुँदैन । हामीले कस्तो व्यवहार गर्ने भन्ने महत्वपूर्ण प्रश्न हो । नेपालीहरू बरू टुट्न सक्छन् तर झुक्दैनन् भन्ने मोदीजीलाई पनि थाहा छ । २४ सै घण्टामा सबैलाई भेट्नुपर्ने व्यवहार अनावश्यक देखियो । उनीहरुले त प्रयास गर्छन् नि । मैले त्यहाँ बस्दा देखेको छु । एउटा नेतालाई भारतमा औपचारिक कार्यक्रममा परराष्ट्र सचिवकहाँ जाँदा वा अझ त्योभन्दा माथि भेट्न पापड बेल्नुपर्छ । तर यहाँचाहीँ शतर्क भएर हीनताबोध, लघुताभाष हेर्दा पनि नराम्रो देखिने प्रवृत्तिबाट सरकार मुक्त हुन नसकेकोमा मलाई दुःख लाग्यो ।

त्यसरी सबैले भेट्नु हुँदैन भन्न खोज्नुभएको ?
त्यसरी भेट्नु आवश्यक थिएन । कुटनीति भनेको रेसिप्रोसिटी (पारस्परिक) पनि हो । हाम्रोमा भारतीय दुतावासले गर्ने कार्यक्रममा सबै लाइन लागेर जान्छन् । तर दिल्लीमा हामीले कार्यक्रम गर्दा कति गाह्रो छ । मैले त भोगेँ देखेँ । हामीले पारस्परिकताको रुपमा बिस्तारै समानस्तरको व्यवहारबारे भारतलाई कन्भिन्स गर्नुपर्छ ।

उहाँले राष्ट्रपति प्रधानमन्त्रीदेखि परराष्ट्रमन्त्रीसम्म वार्ता गर्नुभयो, तर ठोस केही सम्झौता वा समझदारी त भएन नि ?
कुटनीतिमा धेरै कुरा अदृश्य हुन्छन् । वान टु वान भन्छन् नि । एक्लाएक्लै वार्तामा धेरै कुरा भइरहेको हुन्छ । राष्ट्रको हितमा भारतले पनि आफ्नो प्रयास गर्छ । नेपालले पनि गर्नुपर्छ । जसमा हामी चुकिरहेका छौं । हामीले हाम्रा समस्या प्रष्ट भन्न नसकेपछि भारतले पनि बुझ्न सक्दैन । अनि दोषारोपणमा रमाएर बस्ने अवस्था अब छैन । किनभने हामीसँग बलियो सरकार छ, समय राम्रो छ । तयारीसाथ काम गर्नुपर्छ भन्ने मेरो आग्रह हो ।

सचिवले पाएको महत्वलाई हेरेर होला सामाजिक सञ्जालमा कतिपयले सचिवस्तरको कर्मचारीलाई बढी महत्व दिएको भनेर आलोचना गरेको पनि सुनियो, के उहाँ वा उहाँको भ्रमणलाई हामीले बढी महत्व दिएको हो र ?
सरकारले बढी महत्व दियो । त्यो आवश्यक थिएन ।

तर द्विपक्षीय कुराकानीका क्रममा परराष्ट्रमन्त्री आरजु राणाले हवाई रूट माग्नेदेखि लिएर भारतीय सहयोगका आयोजनामा भइरहेको ढिलाई अनि डुबान नियन्त्रणबारे चासो राखेको विवरण सुनियो, यस हिसावले कसरी हेर्नुहुन्छ ?
विषय नयाँ होइन । कुटनीतिमा परिणाम महत्वपूर्ण हुन्छ । कसले के भन्यो भन्नेकुरा मिडियामा खपतका लागि आफ्नो किसिमबाट टिका टिप्पणी हुनु नौलो होइन । तर परिणाममा के आयो भनेर हामीले बुझ्नुपर्छ । मोदीजीको प्रश्ताव हो नि त रामायण सर्किट, बुद्धिस्ट सर्किट, एयर कनेक्टिभीटी बढाउने त उहाँहरूको प्रस्ताव हो नि । यो कुरा उहाँहरूलाइ हामीले गहिरोसँग बुझाउनु पर्छ । तपाईंहरूकै प्रस्तावबाट पछि हट्न के हो तपाईंहरूको असहमति भनेर हामीले सोध्नुपर्छ ।

नेपाल भारतको असहमति चाहीँ के रहेछ त ?
प्रधानमन्त्री मोदीले नेपाल के चाहन्छ प्रष्टसँग भन्नुपर्‍यो भन्नुहुन्थ्यो । मैले हाँसेर तपाईंहरूको पनि के हो भन्नुपर्‍यो नि त भनेर भन्थें । तपाईं त आध्यात्मिक मान्छे समाधान पनि छ । समाधान नै नखोजेर त परिणाम आउँदैन भनेको थिएँ । सीमा विवादका कुरा हामी भन्नै डराउने गरिरहेका छौं । अब भनेर समाधान खोज्नुपर्छ नि । धेरै समस्या छन् नि त हाम्रो भारतसँग । कोशी र गण्डकीको बारेमा हामी नेपालीले गाली खाएको खाइ गर्नुपर्छ तपाईंहरुले सम्झौताअनुसारको पानी र क्षतिपूर्ति पनि नपाउने तपाईंहरुले कार्यान्वयन नगर्दाको अवस्था छ । समस्या समाधान गरौं भनेर अरुण जेट्लीसँग पनि मैले कुरा गरेको थिएँ । पानी भनेको यो शतकको महत्वपूर्ण सम्पती हो । यसमा भारतको पनि स्वार्थ छ । हाम्रो पनि स्वार्थ छ । यसको उपयोग गरे हाम्रो तराई र भारतको युपी बिहार पनि स्वर्ग हुन्छ ।

मोदीले चाहीँ के भने त ?
राजनीतिक तहबाट हस्तक्षेप नहुँदासम्म यो छायायुद्ध समस्या समाधान हुँदैन भन्नेसम्म कुरा भएको थियो । बरू भिडियो कन्फ्रेन्सबाट कुरा गरौं न नेपालको मन्त्री र भारतको मन्त्रीले एक महिनामा १० मिनेट भिडियो कन्फरेन्स गर्ने । नेपालले प्रतिवद्धता गरेको कुरा के अड्क्यो भारतको कुरा कहाँ गएर अड्क्यो भन्ने संवाद शुरु भयो कि भन्ने कुरा पनि चलेको थियो ।

पहिला त निकै बलियो थिए, अहिले त विपक्षी पनि हैसियत लिएर आए भारतमा विपक्षीको भुमिका बढ्ने गरी सरकार आउनु र अहिलेको विदेश सचिवको भ्रमणले भारतले नीतिगत रुपमा आफ्नो छिमेक नीति बदल्न खोजेजस्तो लाग्दैन ?
पुनरावलोकन समयको माग हो । भारतको पनि पहिलेको जस्तै अवस्था छैन । उनीहरूले पनि गठबन्धन संस्कृति राम्रैसँग चलाएका छन् । अब त संवैधानिक बाध्यता पनि छ । नायडु र नितिशकुमारको सहयोगबीना सरकार रोकिन सक्छ । यो नेपालका लागि राम्रो अवसर हो । नेपालको पानीको सरोकार युपी र बिहार हो । बिहार पानी र पावरको भोको छ । नेपालमा लगानी गर्न पिपिए गर्न चाहन्छ, जुन हाम्रा लागि अवसर पनि हो ।

यो संवेदनशिलता बुझेर यो पानीको दशक हो । नेपालको पानीको बहुउपयोगमा भारतलाई उपयोग गर्नुपर्छ । भारतले पनि पत्याउने अन्तर्राष्ट्रिय एजेन्सी होला उसलाई लगाएर भए पनि डीपीआर बनाओस् । नभए अन्तर्राष्ट्रिय अदालतमा कानून, सन्धी सबै हेरेर भारत र नेपाल जाऔं त । नेपाल र भारतबिचको सारा समस्या समाधान हुन्छ । युपी र बिहारमा मानिसहरु जय जयकार गर्छन् । पिउने पानीकै अहिले समस्या विश्वभर छ । हामीले भारतसँगको सम्बन्धलाई भुगोल, इतिहास र सांस्कृतिक विरासतसँग जोडेर हेर्नुपर्छ । यसलाई ध्यानमा राखेर नेपालले धेरै गर्न सक्छ । तर प्रयास गर्नुुपर्छ ।

तपाईंले मन्त्री र राजदुत भएर पनि काम गर्नुभयो, सक्नुपर्ने कुरा भन्न सकिएन भनेर स्वीकार गर्नुभएको छ, हाम्रा नेताहरुले भारतसँग भन्न किन सक्दैनन् वा भनेका कुरा किन कार्यान्वयन हुँदैन त ?
समय पनि महत्वपूर्ण कुरा हो । समय नआई हुँदो रहेनछ । लगानी बोर्डबाट भारतीय योजनामा भएका धेरै झन्झट शेरबहादुरजी प्रधानमन्त्री भएका बेला समाधान निकालियो । अरुण अगाडि बढ्यो । हामी नेपालीले भारतसँग भूपरिवेष्ठतका हिसावले भन्न सक्नुपर्छ । नेपालमा भएको हरित उर्जा सस्तो दिनलाई पनि यसो त्यसो भन्ने हो र । चिनियाँ ठेकेदार छन् भनेर हुन्छ र ?

चिनियाँ लगानी भएका आयोजनाबाट विद्युत नकिन्ने भारतको नीतिले गर्दा कतिपय चिनियाँ कम्पनी जलविद्युतबाट बाहिरिएको अवस्था छ, यसमा भारतको स्वार्थ के होला ?

यसको भारतमा पनि विरोध भइरहेको छ । युपी र भारतका जनता दुःखी छन् । उनीहरु सस्तो बिजुली खोजिरहेका छन् । नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री हुँदा चिनियाँले गुजरात र प्रधानमन्त्री भएपछि राष्ट्रिय तहमा लगानी गरे । अझै पनि व्यापार संलग्नता हेर्नुभयो भने छ त । त्यसलाई नजरअन्दाज गर्ने नेपाललाई चाहिं सानो कुरामा पनि समस्यामा पार्ने ? उनीहरूको प्रशासनयन्त्रमा केमा दोष लगाउने त भन्ने प्रवृत्ति देखियो । मोदीजीले यो कुरा बुझ्नुभएको छ । उच्च राजनीतिक तहमा यो बुझिएको छ । मैले त बुझाउने काम गर्थें । मैले भन्दाखेरि नेपालले यो पहल गर्नुपर्छ भारतले यो पुनरावलोकन गर्नुपर्छ । पानीको सदुपयोग दुवै देशको लाभ हुनेगरी कसरी गर्ने भनेर सोचों न सकियो त । तर हामी भन्नै नसक्ने अनि भारतले के बुझ्छ त ?

हामीले भन्न किन नसक्ने त, तपाईंको अनुभव के रह्यो ?
कुटनीतिमा नराम्रो कुरा नगरौ । हामी हीनताबोध र लघुताभाषबाट मुक्त हुनुपर्छ ।

तपाईंले भन्नुभयो यी कुराहरू ?
मैले त मजासँग भन्थे । कहिलेकाहीं लडाईं झगडा पनि हुन्छ । नाकाबन्दीको बेला भनेर नाकाबन्दी गर्नुभयो म बोल्दिन । तर नाकाबन्दीलाई होइन भन्दिन रु नेपाली जनतालाई दुःख दिने रु पहिले त शंख बजेर युद्ध हुन्थ्यो । यहाँ त शंख नबज्ने तर जनताले दुःख पाउने किन भनेर मैले भारतसँग भन्थें । संवाद त गर्न सक्नुपर्‍यो नि त ।

उसो भए कसरी हट्यो त भारतीय नाकाबन्दी ?

मैले मेराबारे भन्न उपयुक्त हुँदैन । तपाईंहरुले त्यहाँका मिडियामा आएका कुरा हेर्नुस् । मैले त मुखर भएर भन्थें । सरकारसँग विमति भए सरकारसँग लडाईं होस् न जनताले किन दुःख पाउने कि भनेर गर्नुस् भनेर पब्लिक्ली स्ट्याण्ड लिएको थिएँ । यसो भन्दा नेपाल चीनसँग फर्कियो भनेर मेरो सुरक्षाकर्मीसमेत उनीहरुले हटाइदिएको थियो । तर मैले माइन्ड गरिन । मुखर भएर मैले बोल्न थालें । यो कुरा भारतको परराष्ट्र मन्त्रालय रुचाउँदैन नि त । एउटा राजदुतले यसरी मन्त्रालयमा भेट्ने बैठक गर्न थाल्यो भने सम्हाल्न सकिंदैन । तिमीहरू लैनचौरको कुरा हेर मैले त ५ प्रतिशत पनि गरेको छैन । नेपाली दुःखमा परेको बेला त्यही समाधान गर्न आएको हो । राजनीतिको तहबाट दुई देशबीच राम्रो होस् भनेर मिसनमा आएको मान्छे भनेर भनें ।

उसो भए तपाईंको सक्रियताको कारण नाकाबन्दी हटेको हो ?

त्यो त तपाईंले बुझ्नुस् न । त्यतिबेला कुन अवस्था थियो । हामीसँग रेकर्ड हुँदैनथ्यो । नेपाली जनताले बुलेट ग्यास छिर्दा पनि दुई सय गृहिणीको भान्सा चल्छ भन्ने थियो नि त ।

विगतमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा भारतको विश्वास जित्न प्रयत्न गरे भनिन्छ, तर उनी पनि बहिर्गमनको बाटोमा गए र कतिपयले नेपालमा अहिले बनेको समीकरणमा भारतीय संस्थापनको ठूलो तप्काको रिजर्भेसन थियो भनिन्छ, यसमा पश्चिमा प्रभावले भुमिका खेलेको भन्ने उसको बुझाइ छ, यस्तोमा अहिलेको ओली नेतृत्वको सरकारको भारतसँगको सम्बन्धमा कत्तिको चुनौती वा अवसर रहला ?

म झन्डै एक महिना भयो स्वास्थ्यका कारण कसैसँग सम्पर्क हुन त पाएको छैन । तर पनि अन्तर्राष्ट्रिय सूचनाबारे त म जानकार नै छु । तर पनि मलाई के लाग्छ भने भारत र नेपालले पनि पुनरावलोकन गर्नुपर्छ । अब वैश्विक परम्परा परिवर्तन हुँदैछ । अब भारतले पनि आफ्ना कुरा प्रष्ट भन्नुपर्छ । हामीले पनि डुबानदेखि पानीको समस्या भन्न सक्नुपर्छ । पानीको बहुउपयोगमा जानुपर्छ । पन्चेश्वर कोशीलगायतका कुरा भन्न सक्नुपर्छ । अन्तर्राष्ट्रिय कन्सल्ट्यान्ट नै राखेर (पानीको उपयोगमा) दुवैतिर स्वर्ग हुनेगरी बनाएर विन विन गरौं भन्दा कसलाई आपत्ति हुन्छ र ?

भारतीय विदेश सचिवसँग वार्ता गरे लगत्तै परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमा निस्कनुभएको छ नि ?
उहाँले नेपालको भारतसँगको समस्या के के हुन् भनेर पुनःस्मरण गर्नुपर्यो । साथै, सम्भावित समाधान के हो भनेर समस्या पहिचान गरे पछि समाधान आउँछ । भारत र बंगलादेशको बीचमा पनि ठूले सीमा विवाद थियो जुन उनीहरुले सुल्झाए । समुन्द्रको सीमाना अन्तर्राष्ट्रिय अदालतमा गएर पनि सुल्झाए ।

एउटा समाधान त भयो नि । नेपालसँग पनि समस्या छ । जस्तो व्यापारका कुरा छन् । नेपालजस्तो सानो मुलुकको उत्पादन उनीहरूलाई सहुलियत दिंद्या के फरक पर्ला रु नेपालले पनि तेस्रो देशको उत्पादन पठाउनु भएन । भारतले पनि नेपालका कृषि उत्पादनलाई अनेक बहानामा रोक्ने काम गर्नुभएन । विद्या भण्डारीलाई राष्ट्रपति हुँदा जुटको उत्पादन भारतले रोक्दा मैले आग्रह गरेको थिएँ । भारतबाट जुट पनि आउने कामदार पनि भारतका भनेर राष्ट्रपतिले जोडदार कुरा उठाउनु भयो । गण्डकीमा भनिएजस्तो पानी आएको छैन । तर अझै समाधान निक्लेको छैन ।

अब चाहीँ अरुको तुलनामा आरजु देउवासँग शेरबहादुरजीको श्रीमती, काँग्रेसजस्तो ठूलो पार्टीको ठूलै नेता भएका नाताले केही फाइदा पनि छ । देशको हितमा जति परिणाम देखाउन सकिन्छ त्यो अवसर पनि हो चुनौती पनि हो ।

यी समस्या त धेरै अघिदेखि नै ज्युँका त्युँ छ, हामीले यसपटक केही होला भनेर आशा कसरी गर्ने ?हामीले मौका चुकाइरहेका छौँ । केपी ओलीजीको पालामा विगतमा पनि बलियो सरकार थियो । अहिले फेरि बलियो सरकार छ । यो अवसर हो । कमसेकम अवधि पनि झन्डै तीन वर्ष छ । योबेला पहल त हामीले गर्नुप¥यो नि । हाम्रो समस्या हामीलाई कहाँ दुखेको छ हामीले नभन्दिने अनि अर्को(भारत)ले त के वास्ता गर्छ र ? भारतको कर्मचारीतन्त्रले हामीले नेपाल चलाएका छौं भन्छ । चलाएकैमा रहने कि हामीले हाम्रो पीडा भन्ने ?
भारतले थालेको महत्वाकांक्षी सैनिक कार्यक्रम अग्निपथका कारण गोरखा सैन्य भर्ना रोकिएको छ, नेपालले न अब गर्देनौं भनेको छ, न निरन्तरता नै दिन सकेको छ, किन यस्तो ?

भारत सरकारले एकतर्फी तवरबाट नेपालसँगको विरासतको सम्बन्ध बिर्सेर एक्लो निर्णय गरेर आउँदा पनि नेपालले निर्णय गर्न नसक्नुमा हाम्रो अनि भारतको पनि कमजोरी छ । यसलाई सहज ढंगले लिनु हुँदैन थियो । भारतका सबै संवेदनशील ठाउँमा अग्रपंक्तिमा बसेर सीमा जोगाउन लड्ने नेपाली छन् । यो कुरा भारतले पनि स्वीकार्छ । नेपालका युवाको रगतले सुरक्षित भएको भारतका नेताहरु पनि स्वीकार्छन् । यो कुरालाई नेपालले पनि छिटो टुंग्याउँदा अन्तहीन र अवसरहीन अवस्थामा जानु भन्दा द्विपक्षीय निर्णयबाट समाधान निकाल्नुपर्छ ।

पहिलो पटक मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ आरजु राणा देउवा, शुरुवाती अवधिको समीक्षा गर्दा उहाँको परराष्ट्र मन्त्रीका रुपमा क्षमता कस्तो पाउनुभयो ?

भर्खर एक महिना भएको छ । उहाँलाई शुभकामना छ । उहाँलाई अवसर छ । चुनौतीको अवसर मात्र होइन पहाडै छ । किनभने कुटनीतिमा हामी धेरै चुकेका छौं । चाहे उत्तरसँग होस वा दक्षिण अनि पश्चिम नै किन नहोस्, हामी चुकेका छौं । समस्या के के हुन् भन्ने चुरो बुझर समाधानका लागि इमान्दारितासाथ प्रयास गर्ने हो भने सामाजिक सञ्जालका आलोचना ध्यानमा राखेर सजगताका साथ अघि बढ्नुहुन्छ भन्ने मेरो शुभकामना छ ।

धर्म संस्कृति पुरातनको सम्बन्ध । एउटा नेता वा पार्टीविशेषले कुनै समयमा निर्णय गरेको होइन । यो इतिहासको विरासत हो । त्यो विरासतलाई कसरी अगाडि लैजाने भन्नेमा भारतहरु पनि नेपाल आउँछन् अनेक हिसावले हामी पनि जान्छौं । त्यसलाई आधिकारिक रुपमा मोदीकै इच्छा थियो । कसले के भन्छ के मतलव हुन्छ । आधिकारिक हिसावले समस्या पहिचान गरौं । राजनीतिक तवरमा समाधान गरौं भन्ने लाग्छ । यसका लागि राम्रो अवसर छ । बलियो सरकारमा आरजु देउवा परराष्ट्रमन्त्री हुनुहुन्छ । प्रमले पनि विशेष ध्यान दिनुपर्छ । हल्काफुल्का टिप्पणीबाट बच्नुपर्छ । भारतीयलाई चित्त दुख्ने कुरा दिनभरी गाली गरेर भरे कुरा गर्ने दोहोरो मापदण्डबाट बच्नुपर्छ ।

नेपाल—भारत व्यापार घाटा उच्च छ, हामीले सबै माल वस्तु आयात गर्ने अवस्था छ, अहिले दुई देशबीच भएको बंगलादेशसम्मलाई विद्युत बेच्ने समझदारीबाट देशले व्यापार घाटा घटाउन कसरी बढी फाइदा लिनसक्ला ?
म त काँग्रेस र एमालेको दोष देख्छु । प्रचण्डजीलाई दोष दिनहुन्न । आफ्नो स्वार्थमा बढाइदिएपछि उहाँको महत्वाकांक्षा बढ्यो । आफ्नो सवार्थमा काँग्रेस र एमालेले पटक पटक निर्लज्जताका साथमा काँध थापेर नैतिक मूल्य मान्यता, सिद्धान्त र आदर्शलाई तिलाञ्जली दिएर गल्ती गरे ।

कांग्रेस नेताको हैसियतले यो भन्दै हुनुहुन्छ ?
स्वतन्त्र विश्लेषक पनि हुँ नि त म । अहिले प्रत्यक्ष अग्रपंंक्तिको राजनीतिमा पनि छैन म । काँग्रेस र एमालेको ठूले भुल हो । प्रचण्डजीको त ठूलो महत्वाकांक्षा थियो । कहिले एमालेलाई उपयोग गर्नुभयो । कहिले काँग्रेसलाई गर्नुभयो । आफ्नो नीहित स्वार्थले गरेका हो भने यसले दुष्परिणााम ल्याउँछ । होइन राष्ट्रको हितमा केही गर्ने हो भने संविधान संसोधन वा पुनरावलोकन लगायतका धेरै समस्याहरु छन् । हामी कहाँ चुक्यौैँ रु संविधानसभाले संविधान बनाए पछि देश उठ्छ भनेको त उठेन नि त । अहिले ६ महिनामा गर्ने शान्तिप्रक्रिया बल्ल आकारमा आउँदैछ । दिवंगतहरु त रहेनन् बाँचेकाले मम भन्ने हो भनेर देशको हित सोच्ने हो भने फेरि हातेमालो गर्न सकिन्छ । म त अहिले टाढा छु । देश भन्दा आाफ्नो स्वार्थको कुरा देखें मैले । तर देश त अघि बढ्न सकेन । हामीले युवामा चासो जगाउन सकेनौं । अब देशका लागि बाटो बनाऔं, चेतौं ।

दुई देशबिच जे जति राम्रो सम्बन्ध भए पनि नेपाल र भारतबीच तिक्तता पनि उत्तिकै छ, हाम्रो सीमा मिचेको र डुबान आदिका कारण नेपालमा भारतविरोधी मनोविज्ञान पनि बेला बेला बढ्ने गर्छ, तपार्ईंले भारतमाचाहीँ नेपालप्रतिको मनोविज्ञान कस्तो पाउनुभयो ?

त्यो बेलामा मैले भारतका उच्च तहका नेतालाई मैले केही कुरा भन्थें । चीनतिर फर्कियो भन्ने मिडियाको हल्ला थियो । राजनीतिक तहमा त्यस्तो थिएन । त्यो बेला अहिलेका विदेशमन्त्री विदेश सचिव हुनुहुन्थ्यो । उहाँसँग कुरा गर्दा राजनीतिक तहमा त्यस्तो खराब सम्बन्ध होइन । किनभने चीनसँगको व्यापार संलग्नता त हाम्रो भन्दा भारतको कति गुना बढी समस्या छ । नेपालले आफ्नो हित हेर्ने हो । बिमस्टेकमा भारतको पूर्ण प्रतिबद्धता छ ।

भुटान र नेपालले बढी भएको विद्युत बेच्न खोज्दा सहजीकरण भारतले गर्ने भन्ने छ । तर त्यसबाट पछि हटेर भारतले जस लिन चाहन्छ । त्यो त हाम्रो अधिकार हो । हामीले भन्न सक्नुपर्यो । बंगलादेशले विद्युत चाहन्छ भने बाटो दिनुस् भन्नु पनि प¥यो नि । त्यसमा १० हजार निगाहसाथ दिने भएँ भन्दा गमक्क परेर अब त केही हुने भयो भन्छौं । पहिले देशभित्र राष्ट्र हितमा एकता हुनपर्छ नक्साका बारेमा सहमति बन्यो । त्यस्तै अरू पनि देशको हितमा एकता थियो नि । सुदूरपश्चिममा आँखा अगाडि मान्छे बेपत्ता हुँदा उसबारे खोज्ने अनुसन्धान गर्ने कुरामा पनि असहयोग गर्ने, पैसा तिरेको खोप पनि नपठाउने तपाईहरुको के कुटनीति हो भन्दा उनीहरू नाजवाफ हुन्थे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कस्तो पाउनुभयो ?

उहाँ सनातन धर्म परम्परा मान्ने नैतिकवान आहार विचारमा प्रष्ट व्यक्ति हो । नेपालमा उहाँको अराध्यदेव पशुपतीनाथ अरु पनि तीर्थव्रत छन् । नेपालको हितका लागि संसदमा पहिलो भाषण दिनुभयो नि उहाँको भित्री हृदयको स्पन्दन त्यही हो । तर कुटनीतिमा गाह्रो हुने रहेछ । भारतमा एकल बहुमत भयो भन्दैमा, व्यक्तित्व र उचाई छ भन्दैमा नेपालसँगको सम्बन्धमा परराष्ट्र नीति फेर्न पाउँछन् भनेर त्यहाँ (कर्मचारीतन्त्रबाट) प्रश्न उठ्थ्यो ।

भनेपछि प्रधानमन्त्री मोदी नेपालसँगको बाधा अड्काउ फुकाउन चाहन्थे तर त्यहाँको कर्मचारीतन्त्रले रोक्यो ?
मैले त्यस्तो धेरै भोगें । हामीले चलाएकै छौं त । नेपाललाई मिलाएर राखेकै छांै भन्थे उनीहरु९कर्मचारीहरु ० । म त राजनीतिक तहबाट मन्त्रीस्तरीय राजदुत भएर गएको थिएँ । शेरबहादुरजी भए पनि ओलीजी भए पनि प्रचण्डजी प्रधानमन्त्री हुँदा पनि तपाइंलाई त्यसै पठाएको हो र रु विवेक देखेर गर्नुस् भनेपछि पानी डुबान विवादबारे प्रधानमन्त्री कार्यालयमा गएर कुरा गरे । तपाईंहरुको हामीप्रतिको व्यवहार सार्वभौम नै भएन भनेर मैले कुरा राखें ।

पानीको असमान वितरण त अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएन र भनेर मैले कुरा राखेपछि व्यक्तिगत आग्रह गरे पछि मन्त्रालयमा होहल्ला भयो । नेपालको सहमतिबेगर जति पनि बाँध बनाएको छ वा पानीमा अवरोध गरेकोमा नेपालको सहमति छैन भन्दा ठूलो खैलाबैला भयो । प्राकृतिक पानीको बहाव सीमामा रोक्ने काम अन्तर्राष्ट्रिय कानूनको विपरित गरेको छ र नेपालको सहमति पटक्कै छैन भनेर मैले अडान लिएको थिएँ ।

भारतमा ब्रिटिसले बनाएको एउटा प्रणाली आफ्नै किसिमको छ । प्रधानमन्त्री मोदीले चाहेर पनि नेपाल सम्बन्धमा केही हुने अवस्था छैन । मोदीजीको नेपालमा हुने उच्चस्तरीय भ्रमणमा म साथमै हुन्थें । परराष्ट्र मन्त्रालयको प्रबन्धनमा पनि प्रधानमन्त्री कार्यालयले सुक्ष्म निगरानी गरेर नेपाललाई असजिलो छ आफ्नो किसिमबाट छुट्टै रुपमा हेर भनेर भन्ने गरेको मैले पाएको थिएँ । मोदीजीको नेपालप्रतिको सद्भाव थियो तर त्यसलाई हामीले उपयोग गर्न सकेनौं । हामीले पनि यसलाई स्वीकार गर्नुपर्छ । तर हाम्रा राष्ट्रिय मुद्दा र प्राथमिकतामा एक भएर कुरा गरौं त फरक पर्छ ।

तपाईंले भारतीय प्रधानमन्त्री मोदीसँग धेरै पटक भेट्दा नेपाल भारत सम्बन्धको पाटोमा भएको कुनै अविस्मरणीय घटना सम्झना छ ?

त्यो बेला मलाई सहज पहुँच थियो । यो बीना कुनैपनि राजदुतले काम गर्न सक्दैन । त्योबेला समयको माग थियो वा अरु के थियो मलाई थाहा छैन । पहिले पनि किसुनजीको आत्मियताले म भारत गइरहन्थें । साधु सन्तहरु पनि भेट्थें उनीहरुसँग मेरो संगत र उनीहरुको त्यहाँ भएको प्रभावले राम्रो राजदुत आएको छ भनेर पनि होला मेरो पहुँच राम्रो थियो । हाम्रो परराष्ट्रको रेकर्ड हेरे हुन्छ मैले एकै दिन ३÷४ जना मन्त्रीसँग पनि भेटेको छु । परराष्ट्र सचिवसँग भेटेर अहिलेको सचिवसँग भेट्न पनि गाह्रो हुन्थ्यो । लन्च टाइममा डिनरको समयमा बोलाएर कुराकानी हुन्थ्यो । त्यो सम्बन्धलाई हामीले निरन्तरता दिन सकेनौं । हामीले हाम्रो समस्यालाई प्रष्टसँग (भारतलाई) भन्न सक्नुपर्छ ।

अहिले डाक्टर आरजु राणा दिल्लीमा हुनुहुन्छ उहाँले प्रष्टसँग हाम्रा कुरा भन्न सक्नुपर्छ । किनभने अहिले ९नेपालमा० बलियो सरकार छ । अहिले नगरे कहिले गर्ने रु हाम्रा भारतीय मित्रलाई मैले भन्ने गर्थे फुटबल मैदानमा सबैलाई जितेर पनि खाली पोस्टमा गोल गर्न सक्नुभएन भनेर भन्ने गर्थें । अब त अरू पनि आइसकेका छन् नि ।

भारतमा विगतमा प्रायः राजनीतिक स्तरका मान्छे राजदूत भएर जान्थे, अहिले शंकर शर्मा दोहोरिनुभएको छ, कस्ता राजदुत जाँदा काम गर्न सजिलो हुने रहेछ ?

त्यो समयमा भर पर्छ । सहज समयमा त जसो गर्दा पनि हुन्छ । असहज समयमभा पहुँचको कुरा हुन्छ । दिल्लीको अर्को महत्व के छ भने झन्डै ८० देशले दिल्लीबाट नेपाल हेर्छन् । विश्वभर केही घटना भए दिल्लीको दुतावासको महत्व बढी छ । त्यही हिसावले पहुँच क्रियाकलाप र पहल गर्नुपर्छ । दुतावासमा पनि दिनहुँ नेपाली जोडिएका केही न केही समस्या आइरहेका हुन्छन् । ट्युनिंग मिल्ने राजदुत हुनुप¥यो । सरकारको उ प्रतिको दायित्व र जिम्मेवारी हुनुपर्‍यो ।

सरकार र राजदुतले बोल्दा आफ्नो विश्वास, सरकारसँग प्रगाढता विश्वास चाहिन्छ । त्यसबाहेक देशभित्रको वतावरण पनि उपयुक्त हुनुपछ । मलाई कति गाह्रो थियो भारतसँग लडाई गर्न । पेटा«ेलियम त हामीले किन्ने कुरा हो नि किन्दा पनि तिमीहरुले दुःख दिने भनेर उनीहरू भन्थे ।

भारतीयहरूले तिमीहरूको मन्त्रीले चीनसँग किन्छु भन्छ तिमी किन अवरोध भयो भन्छाैँ कुरो मिलेन भनेर भन्थे । कुन मन्त्रीले के भन्यो थाहा छैन भनेर कुटनीतिक रूपमा बचाउ गरेर कुरा गर्थें । राजनीतिक तहका मानिस जुन दिन पनि फर्कन तयार हुन्थ्यौं । म त मिसन सकियो भनेर राजीनामा गरेर फर्के पनि । राजनीतिक तहका राजदूत रिस्क लिएर बोल्छन् । तर कर्मचारीतन्त्र चाहिने भन्दा बढी बोल्दैनन् । उनीहरूलाइ करिअरको सवाल हुन्छ ।
राजदुतको मापदण्ड त हामीले बनाएका पनि छौं तर पठाउने बेला अधिकांश घटनामा कार्यक्षमता पारख गरेको देखिन्न नि होइन, भारतसँगको सम्बन्ध अति नै बहुआयामिक छ, भनिन्छ, त्यस्तो देशमा हामीले पात्र कस्तो पठाउनु पर्छ ?

सक्षम त हुनुपर्‍यो । म त तराईको भएँ मुद्दा बढी थाहा छ नि । हाम्रो त सीमाना जोडिएको मान्छे आवागमनमा के समस्या छ । व्यापारमा के छ, कागजमा त सहज छ त र व्यवहारमा कहाँ समस्या छ भन्ने कुरा त थाहा छ नि । थाहा नहुनेले धेरै अध्ययन गरेर बुझ्छ । यो समयअनुसार देशले उपयोग गर्ने कुरा हो । व्यक्तित्वहरु पनि कुटनीतिमा काम गरेका अनुभव प्राप्तको ज्ञान त्यसलाई सरकारले उपयोग गर्न सक्नुपर्छ ।

भारत चीन युरोप र अमेरिका वा अरु राष्ट्रसँगको सम्बन्धलाई कसरी अगाडि लैजाने भूमिका उनीहरुले खेल्न सक्छन् । त्यसबाट जोगिने हो भने हामी सक्षम बनौँ । हीनताबोध र लघुताभाषबाट मुक्त होओं भन्ने मेरो सुझाव हो । पात्र पाएसम्म तेरो मेरो भन्दा पनि राष्ट्रका लागि परिणाम दिने को हुन्छ भन्नेबारे पनि छलफल गरेर पठाऔं ।