एक वर्षमा लघु बिमा कम्पनीले कमाए ३ कराेडभन्दा बढी नाफा, कसको कति ?


काठमाडाैँ । गत आर्थिक बर्ष २०८०\८१ मा लघु बिमा कम्पनीहरूले ३ करोड १० लाख ४१ हजार रुपैयाँ नाफा कमाएका छन् ।नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका सात वटा लघुबिमा कम्पनीहरूले गत आर्थिक वर्षमा ३ करोड १० लाख ४१ हजार रुपैयाँ नाफा कमाएका हुन् ।

गत आर्थिक वर्षमा तीन जीवन लघुबिमा कम्पनीले मात्रै १ करोड ३० लाख रुपैयाँ नाफा कमाएका छन् । जसमध्ये सबैभन्दा धेरै लिबर्टी माइक्रो लाइफ लाइफले ७६ लाख ३ हजार, क्रेस्ट माइक्रो लाइफले ४० लाख २ हजार र गार्डियन माइक्रो लाइफले १४ लाख खुद नाफा कमाएका छन् ।

त्यस्तै चार वटा निर्जीवन लघुबिमा कम्पनीको नाफा भने १ करोड ८० लाख ३५ हजार रुपैयाँ छ । जसमध्ये सबैभन्दा धेरै ट्रस्ट माइक्रोले १ करोड ९ लाख ५१ हजार, प्रोटेक्टिभ माइक्रोले २३ लाख ४१ हजार,नेपाल माइक्रोले २९ लाख ५४ हजार र स्टार माइक्रोले १७ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।