काठमाडौँ । आगामी ११ भदौदेखि सुरू हुने ‘नाडा अटो शो’ मा लक्ष्मी ई मोबिलिटीले ‘केई’ का तीन वटा नयाँ मोडेलका गाडी सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले अटो शोमा लन्च गर्ने आफ्ना तीन वटा गाडीको नाम बताइ पुरस्कार जित्ने सोसियल मीडिया क्याम्पेन सुरू गरेको छ ।
जसअन्तर्गत सहभागिता जनाउन केइ नेपाल को फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्नको उत्तर लेख्नुपर्ने कम्पनीले जनाएकाे छ । सहभागी मध्येबाट सबै तीन मोडेलहरूको सही पहिचान गरी उत्तर दिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्ने जनाइएको छ । यो क्याम्पन ४ भदौदेखि सुरू भएर १० भदौमा सकिने छ ।
नाडा अटो शोको स्टल नम्बर एच-१६ मा केई ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिने र जहाँबाट गाडीका बारेमा सहभागीहरूले जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा ११ गतेदेखि १६ भदौसम्म नाडा अटो शो सञ्चालन गर्दैछ । जहाँ ५५ ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिने छन् ।
प्रतिक्रिया दिनुहोस्