टिभिएस जुपिटरको नयाँ संस्करण भारतीय बजारमा आज सार्वजनिक हुँदै


काठमाडौँ । टिभिएस मोटर्सले आफ्नो लोकप्रिय स्कुटर जुपिटर ११० को अपडेटेड संस्करण आज भारतीय बजारमा सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले हालै उक्त स्कुटरको टिजर ‘एक्स’ मा सार्वजनिक गरेकाे छ । उक्त भिडियोले स्कूटरको दुबै छेउमा टर्न इन्डिकेटरहरू भएकाे देखाएकाे छ। यसबाहेक स्कुटरको बडी प्यानल निलो रंगमा देखाइएको छ ।

स्कुटरको फ्युल ट्याङ्कीको कुरा गर्दा नयाँ टिभिएस जुपिटर ११० मा १२५ जुपिटर जस्तै फ्लोरबोर्ड माउन्टेड फ्युल ट्याङ्की हुन सक्ने आँकलन छ । त्यसपछि जुपिटर ११० को बुट स्पेस बढ्नेछ, जसले २ वटा हेल्मेट राख्न ठाउँ उपलब्ध हुनेछ ।

जुपिटरसँगै स्कुटरमा एलईडी लाइट, ब्लुटुथ कनेक्टिभिटीसहितको डिजिटल डिस्प्ले र नेभिगेसन सुविधा पनि हुने अपेक्षा गरिएको छ । यसको शीर्ष भेरियन्टमा अगाडि डिस्क ब्रेक हुनेछ, जबकि पछाडि ड्रम ब्रेक प्रदान गर्न सकिने कम्पनीले जनाएकाे छ । यसबाहेक, आगामी स्कुटरमा मोबाइल चार्जर र रिमोट फ्युल फिलर क्याप समावेश हुनेछ।

नयाँ टिभिएस जुपिटर ११० को प्रारम्भिक मूल्य ७७ हजार भारु हुन सक्नेछ । यो स्कुटरले भारतीय बजारमा होन्डा एक्टिभासँग प्रतिस्पर्धा गर्नेछ ।