काठमाडौँ । राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष २०८०\८१ को चौँथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
उक्त विवरण अनुसार बैंकले एक अर्ब ७५ करोड ४२ लाख २७ हजार ७ सय १५ रुपैयाँ घाटा व्यहोरेको छ । आव २०७९\०८० साेही समयमा बैंक २० करोड ४३ लाख ७४ हजार ९ सय ७ रुपैयाँ नाफामा थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी, सञ्चालन नाफा ऋणात्मक हुँदा बैंक घाटामा गएको हो । अघिल्लो आवको असार मसान्तसम्म १ अर्ब ६१ करोड ३६ लाख ८७ हजार ७५१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब ६ करोड ७४ लाख ५७ हजार ७३३ रुपैयाँमा सिमित भएको छ ।
असार मसान्तसम्म बैंकले ब्याज आम्दानी बढाए पनि ब्याज खर्च बढ्दा खुद ब्याज आम्दानी घटेको छ । खुद ब्याज आम्दानी घट्दा र सञ्चालन नाफा नोक्सानमा जाँदा बैंक घाटामा गएको हो ।
गत आवको असार मसान्तसम्म सञ्चालन नाफा २ अर्ब २० करोड ४० लाख ५३२ रुपैयाँ नोक्सानमा रहेको छ । बैंकको प्रति सेयर आम्दानी ६२ रुपैयाँ ८९ पैसा ऋणात्मक छ ।
खराब कर्जा १७५.५९ प्रतिशतले बढेर २१.९१ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा बैंको खराब कर्जा ७.९५ प्रतिशत थियो ।
बैंकको सेयर पुँजी असार मसान्तसम्म २ अर्ब ७८ करोड ९२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ८० करोड ८० लाख ३९ हजार ७०० रुपैयाँ रहेको थियो । बैंकको जगेडा कोषमा ३ अर्ब ६ करोड १५ लाख ३ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्