काठमाडौँ । भारतको पाँच दिनको भ्रमणमा गएकी परराष्ट्रमन्त्री डा.आरजु राणा आज स्वदेश फर्किँदै छिन् ।
भारतीय समकक्षी एस.जयशंकरको निमन्त्रणमा आइतबार भारतको नयाँदिल्ली गएकी मन्त्री राणा आज अपराह्न ४ बजे स्वदेश आइपुग्ने उनको सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा विजय चौथाइवालेलगायतसँग भेटवार्ता गरेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्