जिहोको एई४ इ–स्कुटर नेपाली बजारमा, यस्ता छन् विशेषता


काठमाडाैँ । विद्युतीय स्कुटरमा चर्चित कम्पनी जिहोले एई४ स्कुटर नेपाली बजारमा ल्याएको छ। अधिकृत बिक्रेता ऋषि ट्रेड सेन्टरले एई४ बजारमा ल्याएको हो।

यो नयाँ मोडलले स्मार्ट प्रविधि, उच्च पर्फर्मेन्स र दैनिक सहजताको अद्भुत संयोजन प्रदान गर्ने कम्पनीले दाबी गरेको छ। एई४मा ३.० केडब्लु मोटर रहेकाे छ। जसले यात्राका लागि उपयुक्त शक्ति प्रदान गर्दै ६५ किमि÷घण्टाको गति पुर्‍याउन सक्छ।

कम्पनीका अनुसार यसको ३१ लिटरको भण्डारण क्षमता र फराकिलो एक्सएल सिटले यसलाई सहज र व्यावहारिक बनाउँछ।

स्कुटरमा सुरक्षा र नवीनतम प्रविधिको संयोजन गरिएको कम्पनीले जनाएको छ। यसमा एबीएस र ईटीसीएसजस्ता प्रणाली छन्। यसका अतिरिक्त सुविधाहरू पनि छन्। जस्तै कलिजन वार्निङ प्रणाली र स्लोप होल्डले प्रत्येक यात्रामा थप आत्मविश्वास प्रदान गर्ने कम्पनीकाे दाबी छ ।

स्कुटरको उन्नत एनएफसी कि लेस इन्ट्री प्रणाली र डिजिटल की, पासवर्ड र मेकानिकलकी जस्ता बहुविधि अनलकिङ तरिकाहरुले सुरक्षा र सहजता दुवै प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ।

स्कुटरमा न्यू जेनेरेसन ब्याट्री र कनेक्टिभिटी छन्। यसमा ७४ भी २७ एएच एटीएल लिथियम ब्याट्री छ। जसले ९० किमि वा १७० किमिको विकल्पहरू दिने कम्पनीकाे दाबी छ ।

यसको रिभर्स मोडले साँघुरा ठाउँमा चलाउन सजिलो बनाउने कम्पनीले उल्लेख गरेको छ। स्कुटरमा टाइप सी र यूएसबी चार्जिङ पोर्टहरूले उपकरण चार्जिङको सुविधा पनि दिन्छ। अटो–कट अफ इन्डिकेटरहरूले सिग्नल व्यवस्थापनलाई सजिलो बनाउँदै सुरक्षामा थप योगदान दिने कम्पनीले जनाएकाे छ ।

यो स्कुटर नेबुला ह्वाइट, नेबुला ब्ल्याक, हेलिओस अरेन्ज, र भेलोसिटी ग्रे जस्ता आधुनिक रङहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।