काठमाडौँ । चालु आर्थिक वर्ष २०८०\८१ को पहिलो महिना साउनमा ३८४ युनिट विद्युतीय गाडी भित्रिएका छन्।
भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो वर्ष ११० वटा मात्रै विद्युतीय गाडी भित्रिएकोमा यो वर्ष साउनमा ३८१ युनिट भित्रिएका हुन् ।
विभागको तथ्यांक अनुसार यी गाडीहरूको आयात मूल्य ८९ करोड ७० लाख २१ हजार रुपैयाँ रहेको छ । जसबाट सरकारले ५२ करोड १८ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा यहीँ भदौ ११ गतेदेखि १६ गतेसम्म १६औं संस्करणको नाडा अटो शोको आयोजना हुदैँछ । सो मेलालाई लक्षित गर्दै व्यवसायीले केही गाडी भित्र्याएका छन्। नेपालमा सबैभन्दा धेरै गाडी चीन, भारत, अमेरिका, इन्डोनेसिया, ,जर्मनी र कोरियाबाट भएको तथ्यांकले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्