आइतबार ७९ अंकले घट्यो नेप्से


काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १ ओटा उपसमुहको सेयर बढेको छ भने बाँकी १२ ओटा उपसमुहको सेयर घटेको छ ।

कारोबार रकमका आधारमा अपि पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ८४ करोड ६८ लाख १७ हजार ३४७ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा ३ ओटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन मन्दाकिनी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९१ प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल ३३३ कम्पनीको ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८०० रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।