नेपाली समाजमा नैतिकता हराउँदै गयोः सभापति देउवा


काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्व बिथोल्नेहरुलाई कारबाही गर्न आग्रह गरेका छन् ।

सोमवार काठमाडौंमा आयोजित गौरा पर्व विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेताहरु गौरा पर्व मनाउन पुग्दा केही युवाहरुले नेताहरुको बिरोधमा नाराजुलुस गरेका थिए । सोही विषयमा उनले काठमाडौंमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरुलाई काठमाडौंवासीले ठिक पार्नुपर्ने बताए ।

उनले बिरोध गर्नेहरु पछाडि कसको हात छ र कुन तत्व त्यसको पहिचान गरी कारबाही गर्नुपर्ने उल्लेख गरे। नेपाली समाजमा नैतिकता हराउँदै गएको उनकाे भनाइ छ ।

सभपति देउवाले गौरा लगायतका चाडपर्वहरुले नेपालीहरुलाई एकतामा बाँध्ने विश्वास व्यक्त गर्नुभयो ।