मंगलबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य मूल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।