कुमारी धनवृद्धि योजना र कुमारी इक्यिुटी फण्डको लाभांश घोषणा


काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित दुईवटा म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ ।

कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको लाभांश घोषणा गरिएको हो ।

उक्त फण्डमा कुमारी बैंक लिमिटेड कोष प्रवद्र्धक तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको छ ।

हिजो भदौ १० गते बसेको योजना व्यवस्थापक कुमारी क्यापिटल सञ्चालक समितिको बैठकले यी म्युचुअल फण्डका इकाईधनीहरु लाई आर्थिक २०८०र८१ का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले कुमारी धनवृद्धि योजनाका इकाईधनीहरुका लागि ९.५० प्रतिशत र कुमारी इक्विटी फण्डका लागि पनि ९.५० प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने निर्णय गरेको छ ।