सुरु भयो ‘नाडा अटो शो २०२४’


काठमाडौँ । मंगलबार (आज) बाट ‘नाडा अटो शो २०२४’ सुरू भएको छ । मंगलबार (आज) भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौँको भुकुटीमण्डपमा १६औं संस्करणको नाडा अटो शो सुरु भएको हो ।

मेलामा २४ चार पांग्रे ब्रान्डहरू, १९ दुई पांग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शनमा राखिएको छ भने लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूका विशेषज्ञहरूको ३३ कम्पनीहरू रहेका छन् ।

मेलामा ९५ प्रदर्शकहरू सहभागीहरुले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्ने आयोजकले जनाएको छ ।

टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ ले छ दिनको अवधिमा करिब ७५ हजार मानिसले अवलोकन गर्ने नाडाले अपेक्षा गरेको छ । मेलामा ७ ओटा बैंक तथा वित्तीय संस्था समेत सहभागी हुदैँ छन् ।