काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले सवारी साधनलाई विलासिता वस्तुको वर्गीकरणबाट हटाउन माग गरेका छन् ।
नाडा अटो शो २०२४ को उद्धघाटन कार्यक्रममा बोल्दै ढकालले सरकारले नीति निर्माण गर्दा अटोमोबाइललाई विलासिताको वस्तुको रूपमा हेरेर नीति निर्माण गरेको बताउँदै उक्त कार्य नगर्न माग गरेका हुन् । उनले भने,” याे भयाे भने अटो क्षेत्रले राज्यकाे राजस्वदेखि रोजगार क्षेत्रलाई दिएको योगदान वर्तमान अवस्था भन्दा बढी हुनेछ । त्यसैले यसलाई विलासिता वस्तुको सूचिबाट हटाउनुपर्छ ।”
नाडा अटो शोले विभिन्न ब्राण्डका सवारी साधनहरूलाई स्थापित गर्न भूमिका खेल्ने बताए । उनले पछिल्लो समय विद्युतीय सवारीले ६५ प्रतिशत बजार ओगटेको बताउँदै यसलाई चाहिने पूर्वधारको क्षेत्रमा पनि उत्तिकै ध्यान दिन आवश्यक रहेको बताए ।
उनले भने, “पूर्वधार क्षेत्रमा हामी अघि बढ्यौ भने यस्ता सवारी साधन सबैको प्रथामिकतामा पर्ने थिए ।”उनले सवारी साधनमा प्रयोग हुने स्पयेर पार्टस्हरू अवैद्य रूपमा आयात हुदैँ आएकाले यो विकृतिलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्