पाँच स्टार सेफ्टी रेटिङ पाएकाे पन्च इभी आक्रामक मूल्यसहित नेपाली बजारमा


काठमाडौँ । पाँच स्टार सेफ्टी रेटिङ पाएको पुर्ण इभी प्ल्याटफर्म आर्किटेक्चरमा निर्माण टाटाको पहिलो उत्पादन पन्च इभीले भारतमा तहल्का मच्चाएसँगै नेपालमा बहुप्रतिक्षित बनेकाे पन्च इभी नेपाली बजारमा सार्वजनिक भएकाे छ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक रहेकाे सिप्रदी ट्रेडिङ प्रालिले टाटा पन्च ईभी सार्वजनिक गरेको हाे ।

आजदेखि भृकुटीमण्डपमा सुरू भएको ‘नाडा अटो शो २०२४’मा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले उक्त गाडी सार्वजनिक गरेका हुन् । कम्पनीले उक्त गाडीको मूल्य समेत सार्वजनिक गरेको छ । कम्पनीका अनुसार पन्च ईभीको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ।

त्यसैगरि पन्च इभी तीन वटा भेरिएन्टमा नेपाली बजारमा प्रवेश गरेको हो। जसमा पन्च इभी इम्पावर्ड प्लस एस एमआरको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ, पन्च इभी इम्पावर्ड एलआरको ३६ लाख ९९ हजार र पन्च इभी इम्पावर्ड प्लस एसएलआरको ३८ लाख ९९ हजार रुपैयाँ रहेको छ। कम्पनीको नेपालका विभिन्न स्थानमा अनराेड र अफराेडमा गरेकाे परिक्षणले एक पटकको चार्जमा ३०० किलाेमिटरकाे रेन्ज दिने वास्तविक नतिजा नेकालेकाे थियाे ।

पन्च इभीमा १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प-ओभर एंगल्सलगायतका विशेषताहरू रहेका कम्पनीले जनाएकाे छ । यसका साथै यस गाडीमा ३५ किलोवाटको ब्याट्री छ भने कम्फर्टका लागि एयर प्युरिफाई, भेन्टिलेटेड सिट, भ्वाइस एसिस्टेन्ट इलेक्ट्रिक सनरुफ, रेन सेन्सिङ वाइपर्स राखिएकाे कम्पनीकाे भनाइ छ ।

भारतमा अत्याधिक रूचाइएकाे पन्च इभी

पाँच स्टार सेफ्टी रेटिङ पाएको पुर्ण इभी प्ल्याटफर्म आर्किटेक्चरमा निर्माण टाटाको पहिलो उत्पादन पन्च इभीले बजार तताएकाे छ । पछिल्लाे छ महिनामा औषत प्रतिमहिना १८ हजार बढि युनिट गाडी बिक्री गरेकाे टाटाले अप्रिल महिना सर्वाधिक १९ हजार १५८ युनिट पन्च इभी बिक्री गरेकाे थियाे । यस्ताे भारतमा पछिल्लाे छ महिनाकाे पन्च इभीकाे बिक्री संख्या :