काठमाडौं । चिनियाँ इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी जिहोको नयाँ इलेक्ट्रीक स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ ।
जिहोको नेपालका लागि आधिकारिक बिक्रेता रहेको रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेडले नाडा अटो शो २०२४ उद्घाटको अवसरमा जिहो एई ४ मा सार्वजनिक गरेको हो । कम्पनीले नेपाली बजारमा यस स्कुटरको सुरवाती मूल्य २ लाख ९९ हजार ९९९ रुपैयाँ तोकेको छ ।
३ किलोवाट पीक पावर क्षमताको मोटर रहेकाे जिहो एइ ४ मा प्रतिघण्टा ६५ किलोमिटर बढि स्पिडको सुविधा छ । यो स्कुटर एबीएस र नन एबीएस भर्सनमा नेपाल आएको हो । यसमा ७२ भोल्ट ४८ एम्पीयर आवरको लिथियम आयोन ब्याट्री उपलब्ध छ । फास्ट चार्जर सर्पाेट गर्ने एइ ४ लाई एकपटकको फुलचार्जमा ९० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।
यसमा डिस्क ब्रेक, एक्स्ट्रा लार्ज साइजको सीट, एलसीडी डिस्प्ले, क्रुज कन्ट्रोल, एन्टी थेफ्ट अर्लाम, राइड मोड जस्ता फिचर उपलब्ध छन् । जिहो एइ ८, एइ ६ र एइ ६ प्लस नेपाली बजारमा यसअघि नै बिक्री हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्